बुधबार , असार २, २०७८

भर्चुअलरूपमा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

भर्चुअलरूपमा बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

२७ जेठ, लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका थिए । सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृद्धिको कामना गरेको दूतावासले उल्लेख गरेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए । साथै उनले बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको बताए ।

महारानीले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो व्यक्त गरेको राजदूत रेग्मीले बताए ।

राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पु¥याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पु¥याएको सहयोगका लागि धन्यवाद दिएका थिए । रेग्मी बेलायतका लागि २१औँ राजदुतका रूपमा हालै नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा ४ घण्टा पहिले
तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? २४ घण्टा पहिले
वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने वाग्मती सरकारले हेटौंडा–भरतपुर–मेघौली मेट्रो रेल सञ्चालन गर्ने १७ घण्टा पहिले
बेलायतले जनस्वास्थ्यका क्षेत्रमा दिने सहायता बजेट कटौती बेलायतले जनस्वास्थ्यका क्षेत्रमा दिने सहायता बजेट कटौती २ घण्टा पहिले
स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु १ घण्टा पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै ५ घण्टा पहिले
प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] २० घण्टा पहिले
इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला इन्द्रवती नदीको किनारमा एक जनाको शव फेला ६ घण्टा पहिले