बुधबार , असार २, २०७८

गण्डकी प्रदेशसभा विघटनबाट जोगाउलान् स्वतन्त्र सांसद मनाङ्गेले ?

गण्डकी प्रदेशसभा विघटनबाट जोगाउलान् स्वतन्त्र सांसद मनाङ्गेले ?

२७ जेठ,काठमाडौं । गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद एवम् खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले बहुमत पुर्‍याउनेलाई आफूले साथ दिने बताएपछि सभावित विघटनको डिलमा पुगेको गण्डकी प्रदेशसभा विघटनबाट जोगिने देखिएको छ  ।

मुख्यमन्त्री गुरूङले विश्वासको मत लिने पूर्वसन्ध्यामा स्वतन्त्र सांसदसमेत रहेका गुरूङले बहुमत पुग्नेलाई आफ्नो समर्थन रहने बताएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ्गको पद धरापमा पर्नबाट छैन ,संभावित प्रदेशसभा विघटनको जोखिम पनि टरेको संकेत मिलेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यसो त यस मनाङ्गेको यस भनाईकाबीच  विपक्षीहरु अझै ढुक्क हुन भने सकिरहेका छैनन् । उनीहरु विघटनबाट जोगाउन सभामुखले राजीनामा दिएर ढुक्क हुनुपर्ने मनस्थितिमा छन् । मनाङ्गलेलाई विश्वास गरी सभामुखले राजीनामा नदिने तर अन्तिम समयमा धोका भयो भने प्रदेशसभा विघटनमा जान सक्ने संभावना रहेको भन्दै सभामुखको राजीनामा नै उत्तम हुने सुझाव विपक्षी गठबन्धनको रहेको छ ।

गण्डकी प्रदेशसभाको कूल सदस्य संख्या ६० हो । यसको बहुमत ३१ हुन्छ । प्रदेशसभामा मुख्यमन्त्री गुरुङको पार्टी एमालेका जम्मा २७ सांसद छन् । सर्वोच्च अदालतको फैसलाबाट पुनर्बहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले मत दिँदा पनि उनका पक्षमा जम्मा २८ मत पुग्छ। बहुमतका लागि ३१ मत आवश्यक छ ।

उता विपक्षी गठबन्धनतर्फ नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसमेत), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ (कृष्ण थापा सरकारतिर) गरी कूल सांसदको संख्या ३१ हुन्छ। त्यसमा पनि सभामुखले मतदान गर्न नपाउने भएकाले ३० मत मात्र हुन्छ। तर मन्त्री मनाङले साथ दिँदा विपक्षीतर्फ ३१ मत अर्थात् बहुमत पुग्ने देखिन्छ । यसरी मन्त्री मनाङले विपक्षीलाई समर्थन गरेमात्र मुख्यमन्त्री गुरुङको पद जाने र प्रदेशसभा पनि विघटन नहुने लगभग निश्चित देखिन्छ।

गण्डकी प्रदेशसभामा आज मध्याह्न १२ बजेको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय