शुक्रबार , असार ११, २०७८

जाजरकोटमा १५० वटा अक्सिजन सिलिण्डर सहयोग

जाजरकोटमा १५० वटा अक्सिजन सिलिण्डर सहयोग

२७ जेठ,जाजरकोट । अक्सिजनका लागि मेरो हजार’ अभियानमार्फत जाजरकोटमा १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसको संक्रमण बढ्दै गएको र जिल्लामा अक्सिजनको अभाव हुनसक्ने कुरालाई ध्यानमा राखेर अक्सिजनका लागि आर्थिक सङ्कलन अभियान शुरु गरिएको थियो ।

पत्रकार भरत शर्मा, सरोज वली तथा विद्यार्थी नेता दिनेश गौतमलगायतको नेतृत्वमा सञ्चालित अभियानमा सङ्कलन भएको रकमले जिल्ला अस्पतालमा रहेका १५० वटा अक्सिजन सिलिण्डर रिफिल गरिएको हो । युवा पत्रकारसँगै जाजरकोट जुनिचाँदे घर भई हाल जापानमा अध्ययनरत खिमराज शाहको सक्रियतामा रु दुई लाख १८ हजार सङ्कलन गरिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पत्रकार शर्मा र वलीको संयुक्त दस्तखतबाट ज्योति विकास बैंक, जाजरकोट शाखामा खोलिएको खातामा जम्मा भएको उक्त रकममध्ये रु ९० हजार १५० वटा अक्सिजन सिलिण्डर रिफिल गर्न ९० हजार स्वास्थ्य सेवा कार्यालयको खातामा जम्मा गरिएको हो । बाँकी रु एक लाख २८ हजारको स्वास्थ्य सामग्री खरिद गरी हस्तान्तरण गरिएको शर्माले जानकारी दिनुभयो । कोरोना महामारीबाट बच्न आवश्यक मास्क, व्यक्तिगत सुरक्षा सामग्री, सेनिटाइजर, अक्सिमिटरलगायतका सामग्री खरिद गरी जिल्लाको भेरी नगरपालिका र जुनिचाँदे गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएकाे टिप्पणी १४ घण्टा पहिले
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज १४ घण्टा पहिले
ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एउटाकाे भागमा ५ मन्त्रालय ! ओलीले गरे मन्त्रीहरुको जिम्मेवारी हेरफेर, एउटाकाे भागमा ५ मन्त्रालय ! १० घण्टा पहिले
४ अनलाइन कालोसूचीमा, जनता टाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले काट्यो पत्र ४ अनलाइन कालोसूचीमा, जनता टाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले काट्यो पत्र ८ घण्टा पहिले
राससका महाप्रबन्धक राईको पदबहाली राससका महाप्रबन्धक राईको पदबहाली ११ घण्टा पहिले
हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? १३ घण्टा पहिले
प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड प्रतिनिधिसभाको कार्यकाल पाँच वर्ष हुनेमा वरिष्ठ अधिवक्ता दाहालकाे जोड १३ घण्टा पहिले
वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने वैकल्पिक सिकाइलाई वडाले निःशुल्क इन्टरनेट दिने १४ घण्टा पहिले