सोमबार , असार ७, २०७८

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न शुक्रबार एजीएम गर्दै

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश पारित गर्न शुक्रबार एजीएम गर्दै

२७ जेठ, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको शुक्रबार जेठ २८ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले ६.७५५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । यसले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३५ बोनस र कर प्रयोजनसहित ३.७५५ नगद लाभांश वितरण गर्न लागेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ । साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि हिमालयनले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । जेठ १२ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय