हुम्ली सेवा समाजद्धारा स्वास्थ्य सामग्री सहयोग
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार १६:३२:२४
२७ जेठ,सिमकोट । हुम्ली सेवा समाज नेपालगञ्जले हुम्लाका ७० वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ का सामग्री सहयोग गरेको छ । जिल्लाबाहिर नेपालगञ्जमा बस्दै आएका हुम्ली सेवा समाजमा आबद्ध १४ व्यक्तिको संयुक्त आर्थिक सहयोगमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले जानकारी दिए ।
विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण दिनानुदिन तीव्रगतिमा फैलिरहेको अवस्थामा हिमाली जिल्ला हुम्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई ती सामग्री सहयोग गरिएको नेपालगञ्जमा बसोबास गर्दै आएका सिमकोट–५ का जीवन बोहराले बताए ।
हुम्लामा भौतिक पूर्वाधार, स्रोत साधन र जनशक्तिको अभावलगायतका विभिन्न प्रतिकूल अवस्था र महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ समाजले उक्त सामग्री सहयोग गरेको हो ।
जिल्लाका सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि हवाईजहाजमार्फत ती सामग्री आपूर्ति भएको छ । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका लागि पैदल मार्ग हुँदै जिल्लामा उपलब्ध हुने संयोजक बोहराको भनाइ छ । बुधबार हवाईजहाजमार्फत आपूर्ति भएको स्वास्थ्य सामग्री सिमकोट–६ को वडा कार्यालयबाटै गाउँपालिकाअन्तर्गतका ठेहे, बरगाउँ, स्याँडा, खोल्सीलगायतका स्वास्थ्य संस्थामा वितरण गरिएको थियो ।
त्यस्तै सर्केगाड गाउँपालिका र जिल्ला अस्पताललाई पनि सोही दिन सामग्री हस्तान्तरण गरिएको संयोजक बोहराले बताए । प्रतिस्वास्थ्य संस्थालाई एक थान पल्स अक्सिमिटर, एक थान डिजिटल थर्मोमिटर र ५०० थान सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवनबाट फैलिएको आगोले एक वृद्धको मृत्यु, तीन घर नष्ट
बैशाख ९, २०८१ आइतबार
दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र कतारी राजाबीच भेटवार्ता, साझा मुद्दामा सहकार्य गर्न कतारलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार