शुक्रबार , असार ११, २०७८

पदयात्रा मजदुरलाई खाद्यान्न वितरण

पदयात्रा मजदुरलाई खाद्यान्न वितरण

२७ जेठ,गण्डकी । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजना एवं कर्मा फ्लाइट्स फाउन्डेसन नेपालको साझेदारीमा कोरोना कहरका कारण प्रभावित पदयात्रा मजदुर (पथ प्रदर्शक र सहयोगी) को सहयोगार्थ राहतस्वरूप खाद्यान्न वितरण गरिएको छ । पोखरामा रही पदयात्रा क्षेत्रमा क्रियाशील १३० मजदुरलाई चामल, दाल, चना÷केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुनलगायतका सामान वितरण गरिएको हो ।

देशका विभिन्न स्थानबाट आएर पोखरामा बालबच्चासहित परिवारको साथमा घरभाडामा बसेका मजदुर विगत एक वर्षदेखि कोरोना कहरका कारण पदयात्रा पर्यटन ठप्प भएसँगै बेरोजगार बनेको र निषेधाज्ञाका कारण अन्य वैकल्पिक रोजगारीसमेत नभएका कारण परेको खाद्यान्न सङ्कटलाई दृष्टिगत गरी सहयोग गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोराना कहरका कारण दीर्घकालीनरूपमा पदयात्रा आश्रित मजदुरको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाउने वातावरण तयार गर्न संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकार क्रियाशील बन्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्टको शेयरमा खरीद माग उच्च, बिक्री आदेश कति ? हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेण्टको शेयरमा खरीद माग उच्च, बिक्री आदेश कति ? ३ दिन पहिले
पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु पोखरा–बाग्लुङ सडकखण्डमा दुर्घटना हुँदा दुईको मृत्यु ४ दिन पहिले
नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन ४ दिन पहिले
विपक्षी गठबन्धनले सरकारविरुद्ध बिहीबार देशभर विरोध प्रदर्शन गर्ने विपक्षी गठबन्धनले सरकारविरुद्ध बिहीबार देशभर विरोध प्रदर्शन गर्ने १ दिन पहिले
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि आलोपालो सेवा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि आलोपालो सेवा प्रदान गर्ने २ दिन पहिले
चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा चैते धान भित्र्याउन नपाउँदा भजनीका किसान समस्यामा ४ दिन पहिले
सर्वोच्चको आदेश नै आपसमा बाझियो: संसद बिघटन अघिको मन्त्रिपरिषदको पुर्नबहाली भएन तर पौडेलको बढुवालाई मान्यता सर्वोच्चको आदेश नै आपसमा बाझियो: संसद बिघटन अघिको मन्त्रिपरिषदको पुर्नबहाली भएन तर पौडेलको बढुवालाई मान्यता २ दिन पहिले
झापामा विद्यालयको जग्गा आफूखुशी भोगचलन गरेपछि आपत्ति झापामा विद्यालयको जग्गा आफूखुशी भोगचलन गरेपछि आपत्ति ७ दिन पहिले