बुधबार , असार २, २०७८

दिगो विकास लक्ष्य हासिल गर्न आत्मनिर्भरमुखी कृषिमा जोड

दिगो विकास लक्ष्य हासिल गर्न आत्मनिर्भरमुखी कृषिमा जोड

२७ जेठ,काठमाडौं । संयुक्त राष्ट्र संघले अङ्गीकार गरेको दिगो विकास लक्ष्य हासिल गर्न आत्मनिर्भरमुखी कृषि प्रणाली अवलम्बन गर्नुपर्ने विज्ञहरुले औँल्याएका छन् । सन् २०३० सम्म विश्वभरबाट भोकमरीको अन्त्य गर्दै विकास लक्ष्य हासिल गर्नका लागि विश्वभरका मुलुकबाट अवस्था विश्लेषण गर्न राष्ट्र संघले आयोजना गर्दै आएको खाद्य प्रणाली पूर्व सम्मेलनको अवधारणाअनुसार नेपालमा पनि छलफल कार्यक्रम शुरुआत गरिएको छ ।

यहाँ बुधबार आयोजित भर्चुअल कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा प्रवक्ता मीनबहादुर शाहीले कृषि क्षेत्रमा आत्मनिर्भर हुने खालका कार्यक्रमलाई बढी जोड दिनुपर्ने औँल्याए । ‘सीमान्तकृत समुदायको अग्राधिकार, दिगो खाद्य प्रणाली सुनिश्चितताको मूल आधार’ नाराका साथ दिगो खाद्य प्रणालीमा उत्पादक समूह एवं साना किसानको योगदान विषयक उक्त कार्यक्रममा खाद्य सम्प्रभुताको विषयमा उनले नागरिक सङ्गठनले उठाएका विषयलाई मूल्याङ्कन गर्दै अगाडि बढेको बताए । उनले तल्लो तहका कृषकलाई वित्तीय पपहुँचका लागि कृषि विकास बैंकलाई नै सहजीकरण गरिदिन आग्रह गरे ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सम्मेलनको आयोजकमा राष्ट्रिय भूमि अधिकार मञ्च, सामुदायिक वन उपभोक्ता महासंघ, खाद्यका लागि कृषि अभियान, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ नेपाल, एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् ९अनाज० छन् ।

शाहीले कार्यक्रममा उठेका विषयवस्तु कार्यान्वयन गर्न अग्रसर हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले बताए । सबै विषयवस्तुलाई कार्यान्यवयनमा ल्याउन सकिए कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढ्ने उनको भनाइ छ ।

कृषिको सुधारबिना अर्थतन्त्रको सुधार नहुने भन्दै कृषिका सबै विषयवस्तुलाई सम्मेलनमा उठाउने उनले जानकारी दिए । कार्यक्रममा अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न नागरिक सङ्गठनले के कस्तो योगदान पु¥याए भन्ने विषयमा छ वटा कार्यपत्र प्रस्तुत गरिएका थिए ।

खाद्य उत्पादक किसानको क्षमता विकास, स्वच्छ उत्पादनमा सहजीकरण र अभ्यास, उत्पादनको साधन स–साना किसानको पहुँच स्थापना, कृषि उद्यम विकास, बालीको समर्थन मूल्य, बजारीकरण र उत्पादकलाई मुनाफाका लागि नीतिगत र पद्धति विकासमा सहजीकरण गर्दै आएको राष्ट्रिय कृषक समुह महासंघ, नेपाल कार्यक्रम संयोजक केदार कोइरालाले बताउनुभयो । कार्यक्रममा उठेका विषयमाथि छ जना विज्ञले विश्लेषण गरेका थिए ।

नाफामूलक उत्पादनले दीगो खेती प्रणाली हुन नसकेको सुदुरपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक रक्षा शर्माले बताए । नाफा लिने क्रममा जल, मल, रसायन, ऊर्जा र इन्धनको प्रयोगले माटो बिग्रँदै गएको उनको भनाइ छ ।

हरित क्रान्तिका नाममा विभिन्न किसिमका विषादीले कृषि संस्कृतिलाई नै ओझेलमा पारेको कृषि अभियानकर्मी चन्द्रप्रसाद अधिकारीले बताए । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका डा जगत बस्नेतले स्मार्ट सिटीको अवधारणाले साना किसान पलायन हुने चिन्ता व्यक्त गरे । सरकारले साना किसानका लागि विभिन्न कर्जा ल्याए पनि साना किसानको वित्तीय पहुँच नभएका कारण कर्जा पाउन नसकेको कृषि विकास बैंकका ऋण विभाग प्रमुख बाबुकाजी थापाको भनाइ छ ।

किसान सञ्जालका डा गोकर्ण ज्ञवालीले सन् २०३० सम्म भोकमरीबाट अन्त्य गरिने संयुक्त राष्ट्रसंघको कार्यक्रमलाई कोभिड–१९ ले असर पारेको उल्लेख गरे । उनका अनुसार विश्वमा अझै पनि २७ करोड मानिस भोकमरीमा छन् भने प्रत्येक १० सेकेन्डमा एउटा बच्चा खान नपाएर मर्ने गरेको छ ।

सम्मेलनका लागि आयोजक तथा प्राविधिक समितिको गठन तथा राष्ट्रिय प्रादेशिक एवं स्थानीय तहको छलफलका लागि तयारीको काम भइरहेको राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक महेश खरेलले जानकारी गराए । संयुक्त राष्ट्रसंघले सन् २०३० को दिगो विकासको लक्ष्य हासिल गर्न वृहत् सम्मेलन गर्न थालेको हो । सेम्टेम्बरमा हुने सम्मेलको तयारीस्वरूप आगामी जुलाई २६ देखि २८ मा रोममा पूर्व सम्मेलन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) इन्साइडर ट्रेडिङको शंका गर्दै धितोपत्र बोर्डले सार्वजनिक गर्यो ५१ कम्पनीको नाम, अधिकांश विकास बैंक र हाइड्रो कम्पनी (सूचि सहित) १९ घण्टा पहिले
चालक र सहचालकलाई भोलिदेखि कोरोना खोप लगाइने चालक र सहचालकलाई भोलिदेखि कोरोना खोप लगाइने २० घण्टा पहिले
कालीगण्डकीमा आएको बाढीले सेतीवेणीका ८ घर डुबानमा कालीगण्डकीमा आएको बाढीले सेतीवेणीका ८ घर डुबानमा ३ घण्टा पहिले
कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन कार्यकर्तालाई उद्धार र राहतमा जुट्न तरुण दलका अध्यक्ष बस्नेतकाे निर्देशन ३ घण्टा पहिले
नेपाल भाषा अनिवार्य अध्यापन गराउन माग नेपाल भाषा अनिवार्य अध्यापन गराउन माग २३ घण्टा पहिले
नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो नारायणीले खतराको तह नाघ्यो, मनाङका ३०० लाई सुरक्षित ठाउँमा सारियो १८ घण्टा पहिले
कुमारी बैंकको शेयरमा खरिद माग उच्च, शेयरमूल्य कति ? कुमारी बैंकको शेयरमा खरिद माग उच्च, शेयरमूल्य कति ? २ घण्टा पहिले
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन ५६ मिनेट पहिले
प्रदेश सरकारको बजेटमा यसपालि घुमौँ कर्णालीको गुरुयोजना प्रदेश सरकारको बजेटमा यसपालि घुमौँ कर्णालीको गुरुयोजना ४८ मिनेट पहिले
आज वाग्मतीसहित पाँच प्रदेशमा ठूलो पानी पर्ने आज वाग्मतीसहित पाँच प्रदेशमा ठूलो पानी पर्ने १ दिन पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन २ दिन पहिले
प्रवक्ता शर्माको मुख्यमन्त्री नेपालीलाई पत्र: फुकेर चल्नोस् ! सोचेर बोल्नोस्, सही निर्णय गर्नोस् प्रवक्ता शर्माको मुख्यमन्त्री नेपालीलाई पत्र: फुकेर चल्नोस् ! सोचेर बोल्नोस्, सही निर्णय गर्नोस् १ दिन पहिले
नयाँ सरकारका लागि आधार पेश गर्न आह्वान नयाँ सरकारका लागि आधार पेश गर्न आह्वान ५ दिन पहिले
मदनभण्डारी प्रतिष्ठानलाई स्नातकसम्म अध्यापन गर्ने अनुमति मदनभण्डारी प्रतिष्ठानलाई स्नातकसम्म अध्यापन गर्ने अनुमति १ दिन पहिले
वैद्यलाई आफ्नो अभिव्यक्ति आत्मालोचना गर्न कांग्रेसको निर्देशन वैद्यलाई आफ्नो अभिव्यक्ति आत्मालोचना गर्न कांग्रेसको निर्देशन ४ दिन पहिले
निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने निशाकाे उपचारमा आँचलले १ लाख सहयोग गर्ने २ दिन पहिले
चालूतर्फ ९१.४ प्रतिशत, पूँजीगततर्फ ७१.३ प्रतिशत र वित्तीयतर्फ ८६.२ प्रतिशत चालूतर्फ ९१.४ प्रतिशत, पूँजीगततर्फ ७१.३ प्रतिशत र वित्तीयतर्फ ८६.२ प्रतिशत ३ हप्ता पहिले
आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा आईपीओ निष्कासन प्रस्ताव पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार ४ गते बोलायो साधारण सभा ३ हप्ता पहिले
राष्ट्रपति भण्डारीद्वारा कोरोना खोप उपलब्ध गराउन बाइडेनलाई अनुरोध राष्ट्रपति भण्डारीद्वारा कोरोना खोप उपलब्ध गराउन बाइडेनलाई अनुरोध ३ हप्ता पहिले
कैलालीका सामुदायिक वनमा काठ चोरी वृद्धि कैलालीका सामुदायिक वनमा काठ चोरी वृद्धि १ हप्ता पहिले
कांग्रेसकी नेतृ डा.आरजुद्धारा बर्दिया अक्सिजन बैंकलाई एक लाख सहयोग कांग्रेसकी नेतृ डा.आरजुद्धारा बर्दिया अक्सिजन बैंकलाई एक लाख सहयोग ३ हप्ता पहिले
कोरोनाबाट उदयपुरमा २ छोरा र आमाको मृत्यु कोरोनाबाट उदयपुरमा २ छोरा र आमाको मृत्यु २ हप्ता पहिले
सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा सडक निर्माणको काम अलपत्र हुँदा टीकापुर बजार डुबानको जोखिममा ४ घण्टा पहिले
अब नेपालीलाई पनि चार्टर्ड उडानबाट विदेश जान दिने अब नेपालीलाई पनि चार्टर्ड उडानबाट विदेश जान दिने ४ हप्ता पहिले