बुधबार , असार २, २०७८

आज मन्त्रिमण्डल पुनर्गठन हुँदै

आज मन्त्रिमण्डल पुनर्गठन हुँदै

२७ जेठ, काठमाडौंं । माधव नेपाल पक्षका सांसद्लाई समेत प्रवेश गराएर मन्त्रिमण्डललाई पूर्णता दिने प्रधानमन्त्री केपी ओलीको योजन तत्काललाई पूरा नहुने भएको छ । प्रधानमन्त्री ओलीले आफूसँग रहेका सात वटा मन्त्रालयमा आजै एकलौटी विस्तार गर्ने भएका छन् ।

गएको शुक्रबार नै जनता समाजवादी पार्टीको महन्थ – राजेन्द्र पक्षलाई समावेश गर्दा ओलीले आफू पक्षका अधिकांश मन्त्रीहरुलाई जिम्मेवारीबाट मुुक्त गरेका थिए । जसपाका १० जनालाई मन्त्री बनाएर बाँकी रहेको सात वटा मन्त्रालय भने उनले पूर्ति गरेका थिएनन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मूलतः माधव नेपाल पक्षका केही नेतालाई आफ्नो क्याम्पमा छिराउने दाउपेचले गर्दा उनले खाली ठाउँ राखेका थिए । योगेश भट्टराई , गोकर्ण विष्ट, घनश्याम भूषाल र सुुरेन्द्र पाण्डेलगायत केही सांसद्हरु आफ्नो पक्षमा आउने आँकलन गर्दै उनले सातवटा मन्त्रालय खाली राखेका थिए ।

तर विकसित पछिल्लो राजनीतिक घटनाक्रमले ओलीको मनसुवा तत्काल पूरा नहने देखिएको छ । त्यसैले आजै दुई जना पूर्व माओवादी पक्षका नेताहरुलाई समाबेश गराएर ओलीले मन्त्रिमण्डललाई पूर्णता दिने भएका हुन् ।

बालुवाटार निकट स्रोतका अनुसार, माओवादीका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पदमुक्त भएका थिए । उनलाई एमालले गत उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट लडाएको थियो । तर उनी पराजीत भए । उनै खड्कालाई मन्त्री बनाउने तयारी रहेको स्रोतले बतायो । यस्तै अर्का एकजनाको नाम दिन ओलीले रामबहादुर थापा बादलसँग आग्रह गरेका छन् ।

बाँकी ५ जना भने ओलीले आफूनिकटलाई ल्याउने भएका छन् । गृह मन्त्रालयमा कसलाई ल्याउने भन्नेमा ओली अलमलमा रहेका छन् । ओलीको चाहना महेश बस्नेतलाई ल्याउने रहेको छ । तर सुरक्षा निकाय भने बस्नेतको छवि गुुण्डा नाइके रहेको भन्दै अरु नै भइदिए हुन्थ्यो भन्ने रहेको बुझिएको छ । त्यसैले खगराज अधिकारीको सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय