शुक्रबार , असार ११, २०७८

कोरोनाबाट काभ्रेमा सय बढीको मृत्यु

कोरोनाबाट काभ्रेमा सय बढीको मृत्यु

२७ जेठ,काभ्रेपलाञ्चोक । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी संक्रमितको मृत्यु भएको छ । यही अवधिमा जिल्लामा सात हजारमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

गत वर्ष कोरोना संक्रमणबाट ४५ जनाको मृत्यु भएको थियो । हाल कोरोना संक्रमणको दोस्रो लहरमा हालसम्म १०५ को मृत्यु भएको हो । कोरोना संक्रमणबाट हालसम्म यहाँका १५० को मृत्यु भएको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसिएमसी०ले जनाएको छ । जिल्लास्थित अस्पतालमा भने विभिन्न जिल्लाका उपचारार्थ ५७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

केन्द्रका अनुसार हालसम्म जिल्लाका १० हजार १५३ मा कोरोना संक्रमण देखिएको छ । यसमध्ये तीन हजार गत सालका संक्रमित हुन् भने करिब सात हजार कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिना अवधिका हुन् । गत वर्षभन्दा बितेका दुई महिनामा दोब्बर बढी सङ्ख्यामा कोरोना संक्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत संक्रमित वृद्धि भएका हुन् । तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ७९ प्रतिशत अर्थात् आठ हजार दुई संक्रमणमुक्त, भइसकेका छन् ।

कोरोनाको दोस्रो लहरमा द्रुतगतिमा संक्रमण समुदायमा फैलिएका कारण धेरै सङ्ख्यामा संक्रमण र मृत्यु भएको केन्द्रले जनायो । “संक्रमितको हेलचेक्रयाइँ र अन्तिम अवस्थामा मात्रै अस्पताल आउने गर्दा पनि केही मृत्युदर बढेको हो”, केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार यसपालिको संक्रमणदरको गति विश्लेषण गर्न नसक्दा र ‘कन्ट्याक्ट टे«सिङ’मा ढिलाइ हुँदा संक्रमण बढेको अनुमान गरिएको छ ।

हालको अवस्थामा पनि मृत्युदर दैनिक सरदर दुई रहेको छ । पहिलोपटक विसं २०७७ जेठ १ गते धुलिखेल अस्पतालमा उपचारार्थ सिनधुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको थियो । कोरोनाबाट मृत्यु भएकी ती महिला नेपालमा पहिलो घटना हो । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि सो नगरपालिकाले अन्य स्थानीय तहभन्दा सबैभन्दा बढीमा संक्रमण भएपछि जेठ पहिलो सातादेखि नगरपालिका ‘शिल’ गरेको गरेको थियो । त्यसलगत्तै जिल्लाका १३ मध्ये आठ स्थानीय तहले आफ्नो क्षेत्र शिल गरेको घोषणा गरे । पछिल्ला केही दिनदेखि सङ्क्रमणदर घट्दै गएपछि जिल्लाभर हाल प्रशासनको निषेधाज्ञा मात्रै लागू भएको छ ।

यसैबीच जिल्लामा केही दिनदेखि संक्रमणदर घटेको र संक्रमणमुक्त हुनेको सङ्ख्या बढेको केन्द्रको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ९७ मा कोरोना संक्रमण पुष्टि भयो भने १३२ संक्रमणमुक्त भएका हुन् । अघिल्लो दिन १०२ मा कोरोना संक्रमण देखियो भने २०२ संक्रमणमुक्त भएका थिए । यहाँ मृत्युदर रोकिएको छैन ।

हाल जिल्लामा एक हजार ९४४ सक्रिय संक्रमितमध्ये बनेपामा ३२६, धुलिखेलमा ३१८, पनौतीमा २१७, पाँचखालमा १७७, नमोबुद्धमा ९२, मण्डनदेउपुर नपामा १५७ तथा रोशीमा १२७, चौँरीदेउरालीमा ५४, तेमालमा ६९, भुम्लु १९४, खानीखोलामा ४९, बेथानचोकमा ३० र महाभारत गाउँपालिकामा १३४ सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार चयन राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रार चयन १६ घण्टा पहिले
निषेधाज्ञा थप्न आज तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै निषेधाज्ञा थप्न आज तीन जिल्लाका सीडीओहरुको बैठक बस्दै ५ दिन पहिले
दराजबाट सामान किन्दा मेगा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट दराजबाट सामान किन्दा मेगा बैंकका ग्राहकहरुलाई १५ प्रतिशतसम्म छुट ७ दिन पहिले
आज निषेधाज्ञा उल्लंघन गर्ने ३,४४१ वटा सवारीसाधन नियन्त्रणमा आज निषेधाज्ञा उल्लंघन गर्ने ३,४४१ वटा सवारीसाधन नियन्त्रणमा ५ दिन पहिले
आईपीओ निष्कासनको तयारीमा रहेको जाल्पा लघुवित्तको मुनाफा २३३ प्रतिशतले बढ्यो आईपीओ निष्कासनको तयारीमा रहेको जाल्पा लघुवित्तको मुनाफा २३३ प्रतिशतले बढ्यो ७ दिन पहिले
राससका महाप्रबन्धक राईको पदबहाली राससका महाप्रबन्धक राईको पदबहाली १२ घण्टा पहिले
दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा दुई पटकसम्म म्याद थप्दा पनि अक्सिजन प्लान्ट नल्याउने आपूर्तिकर्ता कारबाहीमा ५ दिन पहिले
बाख्रा पकेट क्षेत्र: कृषकलाई २० हजारका दरले खोर सुधार ! बाख्रा पकेट क्षेत्र: कृषकलाई २० हजारका दरले खोर सुधार ! ३ दिन पहिले