शुक्रबार , असार ११, २०७८

ओलीले बादल पत्नीलाई सञ्चारमन्त्री बनाउँदै

ओलीले बादल पत्नीलाई सञ्चारमन्त्री बनाउँदै

२७ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले रामबहादुर थापा ‘बादल’ पत्नी नैनकला थापालाई मन्त्री बनाउने भएका छन् । प्रधानमन्त्री ओलीले राजनीतिक सन्तुलन मिलाउनको लागि नैनकलालाई मन्त्री बनाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले आज ७ मन्त्री र एक राज्यमन्त्री थप्दै मन्त्रीपरिषद्लाई पूर्णता दिँदैछन् । नवनियुक्त मन्त्रीहरुले आजै अपराह्न ४ बजे शीतलनिवासमा शपथ लिँदैछन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बालुवाटार स्रोतका अनुसार गृहमन्त्री मन्त्रालयको जिम्मेवारी खगराज अधिकारीले पाउँदैछन् भने बादलपत्नी थापाले सञ्चारमन्त्री पाउनेछिन् ।

यसअघि पूर्वमाओवादी पृष्ठभूमि भएका ७ जना नेतालाई गैह्रसांसद पटकपटक मन्त्री बन्न नपाउने सर्वोच्चले बताएपछि बालदसहितका नेताहरुको पन्त्री पद गुमेको थियो । त्यसपछि प्रधानमन्त्री ओलीले बादलपत्नी थापालाई मन्त्री दिने भएका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले १७औं पटक मन्त्रीपरिषद् विस्तार गर्दै महन्थ ठाकुर पक्षीय जनता समाजवादी पार्टी ‘जसपा’लाई सरकारमा सामेल गराएका थिए ।

सर्वोच्च अदालतको आदेशपछि गृहमन्त्री पद गुमाएका बादल श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् । पूर्व माओवादी खेमाका उनले श्रीमती नैनकला थापालाई मन्त्री बनाउन सफल भएका हुन् ।

उसो त यसअघि रघुवीर महासेठले पनि श्रीमती जुली महतोलाई मन्त्री बनाउन सफल भएका थिए । अहिले जुली पदमुक्त भएपछि महासेठ आफै मन्त्री बनेका छन् । यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय