राजसंस्था सहितको व्यवहारिक प्रजातन्त्र आवश्यक : नेता लावती
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार २०:४२:३३
२७ जेठ, काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले सुखी, खुशी, समावेशी नेपाल निर्माण गर्न त्रुटीपूर्ण शान्ति प्रक्रिया र राजनीतिक संरचनामा पूनर्विचार गर्नु पर्ने बताएका छन् ।
‘त्रिपक्षीय द्वन्द्वको एक पक्ष दरबार अर्थात् राजसंस्थालाई पाखा राखेर नयाँ नेपाल, दिगो शान्ति प्राप्त भएन । हालसम्मको प्रयास र राजनीतिक प्रक्रिया सफल भएन । त्यसकारण सुखी, खुशी र समावेशी नेपाल प्राप्त गर्न, पूर्वाग्रही मार्गचित्र त्यागेर राजसंस्था सहितको व्यवहारिक प्रजातन्त्र आवश्यक भएको छ,’ राप्रपाका कार्यसम्पादन सदस्य लावतीले ‘सफ्ट टक’ अनलाइन सम्वाद श्रृङ्खलामा बोल्दै भने ।
राष्ट्रियता, प्रजातन्त्र सुढृद तुल्याउन, नयाँ द्वन्द्वको संभावना निमिट्यान्न पार्न राजसंस्था, सनातन हिन्दुराष्ट्र पक्षधरलगायत सबै नेपालीहरु एक ठाउँ बसेर वर्तमान संकट निवारण गर्नु पर्ने लावतीको भनाइ छ ।
संविधान र पद्धति संकटग्रस्त भएको भन्दै लावतीले, कार्यपालिका, व्यवस्थापिका, राष्ट्रपति, प्रधानमन्त्री मात्र नभएर पछिल्लो समय न्यायालय नै विवादको घेरामा परेको भन्दै चिन्ता प्रकट गरे ।
‘राष्ट्रपति र प्रधानमन्त्रीले संविधान च्याते भन्ने निष्कर्ष छ । तर सोही आरोप लगाउने पक्षलगायतले संविधान, कानुन, विधी पाइला, पाइलामा च्यातेका छन्,’ उनले भने ।
‘संविधानसभा पूर्ण रुपमा गठन नै नभई राजसंस्था फालियो । संविधानसभाका सदस्यहरुको सहभागिता र जानकारी बिना संविधानसभा बाहिर गरिएको निर्णय संविधानसभा माथि लाद्ने काम गरियो । मध्यरातपछि पटक–पटक संविधानसभालाई रबर स्ट्याम्प बनाइयो,’ राप्रपाका युवा नेताले भने ।
‘बास्तवमा आफूलाई विधिभन्दा माथि राख्ने राजनीतिक नेता, पात्रका कारण आज राष्ट्रले यो नियति भोग्नु परेको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार