संक्रमितलाई सहयोग गरी जिल्लावासीको मन जितेका युवा
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार २०:४३:५८
२७ जेठ,गलेश्वर । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका प्रत्येक प्रायः बस्तीमा कोरोना भाइरस संक्रमितहरु छन् । बेनी अस्पतालमा उपचारका लागि ल्याइने संक्रमितहरुको बढ्दै गएपछि शुरुमा त यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, स्वयंसेवी र विरामीका आफन्तहरु समेत आत्तिने गरेका थिए ।
संक्रमितको नजिक जान र सहयोग गर्न आफन्तहरु नै आँट गर्न सक्दैनन् । मनमा माया भएपनि आफैलाई संक्रमण सर्ने डरले सकेसम्म उनीहरु पन्छिनु स्वभाविकै हो । संक्रमणकै कारण मृत्यु भएकाहरुको अन्त्येष्टी संस्कार हिम्मत भएका केही परोपकारी व्यक्तिहरुको सहयोगमा हुँदै आएको छ ।
कोरोना संक्रमितहरुको सहयोग र उद्धारमा खटिएका म्याग्दीका केही युवाहरुको कार्य देख्दा म्याग्देलीमात्र होइन पर्वत र बागलुङबासी पनि उत्प्रेरित छन् । सङ्कटका समयमा यहाँका युवाहरु सुरज केसी, आनन्द रिजाल र जनक सोनामको कार्यको सर्वत्र सराहना गरिएको छ ।
पेशाले केसी शिक्षक, विद्यालय सञ्चालक र रेडक्रसकर्मी हुन् । रिजाल जिल्ला प्रशासन कार्यालयमा सवारी चालक हुन् भने सोनाम बेनी अस्पतालमा करारका कर्मचारी हुन् । बेनीको माउण्ट एभरेष्ट आवसीय माविका स्वास्थ्य र पत्रकारिता विषयका शिक्षक केसीसहित यी तीनजना युवाको उदात्त कार्यले जिल्लावासीको मन जितेको छ ।
उनीहरु बिहान उज्यालो भएदेखि राती १२÷१ बजेसम्म कोरोना संक्रमितहरुको सेवा, सहयोग र संक्रमित भएकै अवस्थामा मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा खट्छन । “अहिलेसम्म २० वटा शवको व्यवस्थापना गरिसकेका छौँ, अस्पतालको शय्यामा मृत्यु भएमा नजिक रहेका विरामीहरुको समेत आत्मबल कमजोर हुने भएकाले हामीले म्याग्दी रेडक्रसले उपलब्ध गराएका स्वास्थ्य सुरक्षाका साधनहरुको प्रयोग गरेर सबैभन्दा पहिला मृतकलाई शय्याबाट बाहिर निकाल्छौँ” केसीले भने “त्यसपछि मृतकका आफन्तहरुको इच्छाअनुसार दाह ९जलाउने० वा स्काभेटरको सहयोगले कालीगण्डकी नदीको छेउमा खाल्डो खनेर अन्त्येष्टि संस्कारको औपचारिकता पूरा गर्दछौँ ।”
“कतिपय संक्रमितका आफन्तहरु विरामीको नजिक जान र विरामीलाई हेर्न नै डराउछन्, त्यस्तो अवस्थामा विरामीलाई चाहिने सम्पूर्ण कुराहरु हामीले उपलब्ध गराउनुका साथै होम आइसोलेशनमा रहेका सिकिस्त अवस्थाका संक्रमितहरुलाई लिन गाडी लिएर उनीहरुकै घरमा जाने गरेका छौँ” संक्रमितको सहयोग र व्यवस्थापनमा खटिनुभएका अर्का स्वयंसेवक आनन्द रिजालले भने ।
स्वास्थ्य सावधानी अपनाएर संक्रमितको जीवनरक्षा र संक्रमित अवस्थामा मृत्यु भएकाहरुको व्यवस्थापनका लागि जुनसुकै बेला सहयोग गर्न तत्पर रहने यी तीन जना युवाहरुका कारण संक्रमितको उपचार र व्यवस्थापनमा अस्पताललाई निकै सहज भएको बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटवालले बताए ।
“उनीहरुको कामले हामीलाई निकै सहयोग मिलेको छ, स्वाव सङ्कलन गर्नेदेखि लिएर अस्पतालमा उपचाररत संक्रमितहरुको रेखदेख, संक्रमितका आफन्तहरुलाई उचित परामर्श र संक्रमित अवस्थामा मृत्यु भएकाहरुलाई नजिकको संक्रमितको मनोबल कमजोर नहोस् भनेर थाहा नहुने गरी ठाउँ परिवर्तन गर्दै शव व्यवस्थापनसम्म उनीहरु नै खट्ेका छन्।” अध्यक्ष कटुवालले भने “उनीहरुको सेवा र सहयोगको जति प्रसंशा गरेपनि कम नै हुन्छ ।”
बेनी अस्पतालका डा नवराज बस्ताकोटीले उनीहरुको खटाइबाट आँफू निकै प्रभावित भएको बताए । डा बस्ताकोटीले भने “यो एउटा अदृश्य शत्रु ९भाइरस० सँगको प्रत्यक्ष लडाइँ हो । यस लडाइँका योद्धा हामी सबै हौँ । विशेष गरी उपचारका क्रममा हामीलाई निकै सहज भएको छ । उपचार बाहेक अरु कुनै कुरा हामीले हेर्नु परेको छैन । सबैकाम उनीहरु (सुरज केसीको टिम) बाट भएको छ ।”
छिमेकी जिल्ला पर्वतको लेकफाँटबाट उपचारका लागि बेनी अस्पतालमा आएका गोकर्ण सुवेदीले अस्पतालको सेवा र चिकित्सकहरुको व्यवहार देखेर आफूलाई निकै खुशी लागेको बताए ।
“सरकारी अस्पतालमा उपचारै हुदैन, डाक्टरहरुले विरामीको ध्यान नै दिँदैनन् भन्ने सुनिन्थ्यो तर बेनी अस्पतालमा भने मैले त्यस्तो पाइन” सुवेदीले भने “यहाँ त विरामीको सेवामा चिकित्सकहरु जुनसुकै समयमा पनि तत्पर हुँदारहेछन् । साथी जस्तो व्यवहार, हसिलो अनुहार र विरामीलाई हरेक समय परामर्श दिन्छन् ।” बेनी अस्पतालको व्यवस्थापकीय पक्ष अत्यन्तै राम्रो रहेको आफूले पाएको उपचारका लागि अस्पतालमा आएका प्रकाश माध्यमिक विद्यालय बेनीका पूर्व प्रधानाध्यापक शिवकुमार केसीले बताए ।
कर्तव्यपरायण एम्बुलेन्स चालक म्याग्दीका गोपी गौतम र केशर शेरपुञ्जाले त ३६ घन्टासम्म पानीमात्र पिएर संक्रमितको सेवा गरेका छन् । “मैले ३६ घण्टासम्म पानी मात्र खाएर पनि एम्बुलेन्स कुदाएको छु । खान खाने समय नै मिल्दैन । बाटोमा हामीलाई देखेर होटलवालाले पनि ढोका बन्द गरे । पानीको भरमा विरामी राखेर एम्बुलेन्स काठमाडौँसम्म पु¥याएको छु’’ बेनी अस्पतालको एम्बुलेन्स चालक गौतमले भने ।
‘‘कैयौँ दिनसम्म पनि राम्रोसँग खान र सुत्न पाइएन । निद्रा पनि नभनि एम्बुलेन्स हाँक्नुपर्दथ्यो । साह्रै निद्राले च्यापेर निद्रा भगाउन एकदिन त लगाएको कपडा समेत पानीमा भिजाएर चिसो बनाई लगाइयो’’ रेडक्रस म्याग्दीको एम्बुलेन्स चालक केशर शेरपुञ्जा मगरले अनुभव सुनाए,“यस्तो त यो बीचमा धेरै पटक भोगेँ ।”
बेनी अस्पतालले पोखरा र काठमाडौंका अस्पतालमा रिफर गरेका विरामीहरुलाई बोक्ने काम यी एम्बुलेन्स चालकहरुले गरे । अक्सिजनसहितको व्यवस्था भएका यी दुई एम्बुलेन्स विरामीको सेवाका लागि चौबीसै घण्टा कुदे । यस्तै कर्तव्यपरायण र परोपकारी व्यक्तिहरुको मद्दतले अहिले म्याग्दीमा कोरोना संक्रमण घट्दै गएको छ । गत सोमबारसम्म म्याग्दीमा चार हजार आठ सय ६४ जनाको नमूना सङ्कलन भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुई सय १२ रहेको छ भने दुई हजार तीन सय ५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यसैगरी कोभिडकै कारण जिल्ला भित्र ३३ र जिल्ला बाहिरका विभिन्न अस्पतालमा गरी गएको सोमबारसम्म ४९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नवलपुरका महिलाको आत्मनिर्भरको श्रोत घरबास
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार