आइतबार , असार ६, २०७८

सिंहदरबारसँगै जोडिएको न्युप्लाजास्थित सडक पुरै जलमग्न

सिंहदरबारसँगै जोडिएको न्युप्लाजास्थित सडक पुरै जलमग्न

२७ जेड, काठमाडाैं । काठमाडौंको सिंहदरबारसँगै जोडिएको न्युप्लाजास्थित सडक पुरै जलमग्न भएकाे छ ।  बिहीबार दिउँसो केहीबेर भएको वर्षाले सडक जलमग्न भएको हो ।

सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लाजास्थितमा  धेरैतिरको भल एकत्रित भएको र नाला पुरिएकाले सडक जलमग्न भएको हो । सडक जलमग्न हुँदा पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसैबीच, जल तथा मौसस पूर्वानुमान महाशाखाले मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको भएको जनाएकाे छ ।

pani 1 1

देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबारसम्म कायम रहने महाशाखाले विहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

pani 3

pani 5

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय