शुक्रबार , असार ११, २०७८

गृहमन्त्रीमा खगराज अधिकारी, अन्यमा काे कुन मन्त्रालयमा ?

गृहमन्त्रीमा खगराज अधिकारी, अन्यमा काे कुन मन्त्रालयमा ?

२७ जेठ, काठमाडाैं ।  प्रधानमन्त्री केपी ओलीले आज फेरि मन्त्रिपरिषद विस्तार गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले एमाले र राजपाका नेताहरूलाई समेटेर एक राज्यमन्त्रीसहित आठ जना मन्त्री थपेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले नेता खगराज अधिकारीलाई गृहमन्त्रीमा नियुक्त गरेकी छन् । त्यस्तै जसपाका नेता राजकिशोर यादवलाई उद्योग, बाणिज्य तथा आपूर्ति, बादल पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि, माओवादी केन्द्र परित्याग गरेकी ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकास र नारदमुनि रानालाई वन तथा वातावरणमन्त्री नियुक्त गरेकी हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

त्यस्तै गणेशकुमार पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मोहन बानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आशाकुमारी विकलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ ।

अब ओली नेतृत्वको मन्त्रिमण्डल २५ सदस्यीय बनेको छ । मन्त्रीहरूको आजै चार बजे शपथग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन् ।

manti 1

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय