सोमबार , असार ७, २०७८

यादव हत्या अभियोगमा सोही ठाउँकै ५ पक्राउ

यादव हत्या अभियोगमा सोही ठाउँकै ५ पक्राउ

२७ जेठ,रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ ।

वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी शरीरका विभिन्न भागमा रगतले लतपतिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।

उनीहरुबाट हत्यामा प्रयोग भएको धारिलो हतियार (फलामको दाउ)एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, हत्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्रमाण बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए ।

पुरानो रिसिइबीका कारण बदला लिने सोचले योजनाबद्धरूपमा यादवको हत्या गरिएको प्रहरीको भनाइ छ । मङ्गलबार पक्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १७ घण्टा पहिले
आगामी जुन २२ देखि फेसबुकमा नयाँ विषेशता थप्ने तयारी आगामी जुन २२ देखि फेसबुकमा नयाँ विषेशता थप्ने तयारी ३ दिन पहिले
कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि सेतीवेणी बजार डुबान कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि सेतीवेणी बजार डुबान ६ दिन पहिले
टोखाको कार्यक्रममा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा टोखाको कार्यक्रममा स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा ४ दिन पहिले
कांग्रेसकाे १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय कांग्रेसकाे १४ औँ महाधिवेशन भाद्र १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय ३ दिन पहिले
सडकका किनारामा तरकारी बिक्री गर्दै महिला सडकका किनारामा तरकारी बिक्री गर्दै महिला ५ दिन पहिले
गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ ! २ दिन पहिले
मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई कामपाले २ करोड दिने मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई कामपाले २ करोड दिने ४ दिन पहिले