सेतीमा थप ८६ जनामा कोरोना पुष्टि, ३ संक्रमितले ज्यान गुमाए !
नेपालबहस संवाददाता
जेठ २७, २०७८ बिहिबार २१:५७:२२
२७ जेठ, कैलाली । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज अस्पतालमा १७९ जनाको नमुना परीक्षण गर्दा थप ८६ जनामा संक्रमणको पुष्टि भएको हो ।
जसमध्ये २० पुरुष र १२ महिला गरी ३२ जना धनगढी उपमहानगरपालिकाका रहेका छन्। यस्तै धनगढी बाहेक कैलालीका ३७ जना र अन्य जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा अस्पतालबाट ४ जना डिस्चार्ज भएका छन् भने थप ९ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २६ जना संक्रमित उपचाररत छन्। ९ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप ३ जना संक्रमितले ज्यान गुमाएका छन्। कैलालीको गोदावरी नगरपालिका–५ का ७७ वर्षीय पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिका–५ का ५४ वर्षीय पुरुष र अछामको साफेबगर नगरपालिका–७ का १७ वर्षीय पुरुषको मृत्यु भएको अस्पताले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार