मंगलबार , असार १, २०७८

नेपाल पक्षका १७ प्रदेशसभा सदस्यसँग २४ घण्टे स्पष्टीकरण

नेपाल पक्षका १७ प्रदेशसभा सदस्यसँग २४ घण्टे स्पष्टीकरण

२७ जेठ, काठमाडौंं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यसँग स्पष्टीकरण माग गरेको छ । पार्टीको निर्देशन विपरित मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गर्ने नेपाल समूहका १७ सांसदसँग २४ घण्टे स्पष्टीकरण मागिएको हो ।

सुदूरपश्चिम प्रदेशलाई दिएको समर्थन फिर्ता लिने, मन्त्रीहरुलाई सरकार बाहिरिन तथा मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न पार्टीले दिएको निर्देशन किन अवेज्ञा गरेको लगायतका प्रश्न स्पष्टीकरणमा सोधिएका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यस अघि संसदीय दलका नेता प्रकाश बहादुर शाहले संसदीय दलको निर्देशन विपरित मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्ने ओली समूहका ७ सांसदलाई पनि स्पष्टीकरण सोधेका थिए।

समयसीमा भित्र चित्तबुझ्दो जवाफ नआए कारबाही हुनेसमेत उनले चेतावनी दिएका छन्। १० जेठमा एमालेको संस्थापन पक्षले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। र मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिन सांसदलाई निर्देशन जारी गरेको थियो।

qLD2mhi7NkAvEINRIFzR

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय