शुक्रबार , असार ११, २०७८

‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै गुनासो गर्न सक्ने

‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै गुनासो गर्न सक्ने

२७ जेठ,काठमाडौं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि भाइबर हेल्प हेस्क शुरु गरेको हो ।

एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर ९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज गरेर (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार ११०१ वा ०१–५९७००४६ मा फोन गरेर समस्या टिपाउन सकिनेछ । गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते पूर्णरूपमा सार्वजनिक गरिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसीमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । पछिल्लो समय एपमा ‘पोलिस क्लियरेन्स रिपोर्ट’ र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै ‘क्युआर स्क्यान’ गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरू समेटिने छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? अपर तामाकोशी हाइड्रो कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि, कुन कतिले बढ्यो ? १४ घण्टा पहिले
रौतहटमा नगरसभा बिथोल्न प्रभु साह पक्षधरबीच झडप, आठ प्रहरीसहित दस घाइते रौतहटमा नगरसभा बिथोल्न प्रभु साह पक्षधरबीच झडप, आठ प्रहरीसहित दस घाइते १० घण्टा पहिले
कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव १४ घण्टा पहिले
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने ३ घण्टा पहिले
पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग आज छलफल गर्दै पौडेल आफूनिकट केन्द्रीय सदस्यहरूसँग आज छलफल गर्दै १६ घण्टा पहिले
कोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन कोशी गाउँपालिकाको बजेट ४८ करोड विनियोजन १२ घण्टा पहिले
एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात, आयात कति ? एघार महिनामा एक खर्ब २१ अर्ब बराबरको निर्यात, आयात कति ? ४ घण्टा पहिले
बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति बीमा संस्थानको प्रशासकमा कवि पाठकको पुनर्नियुक्ति १६ घण्टा पहिले