मंगलबार , असार १, २०७८

उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग

उद्योग वाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग

२७ जेठ,दमौली । कोभिड सङ्कटमा सामाजिक उत्तरदायित्व वहन गर्दै तनहुँ उद्योग वाणिज्य संघले जिल्लाका विभिन्न पालिका, अस्पताल र सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । संघले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान अन्तर्गत रु दश लाख बराबरको सहयोग गरेको हो ।

संघले रु तीन लाखबाट शुरुआत गरेको कोषमा हालसम्म रु ११ लाख सङ्कलित छ । देश तथा विदेशबाट शुभेच्छुकहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको सङ्घकाअध्यक्ष पविन्द्र श्रेष्ठले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

संघले व्यास नगरपालिका, म्याग्दे, ऋषिङ, आँबुखैरेनी गाउँपालिका सहित बन्दीपुर, पुरनडिही , दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण ९इ० र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

स्वास्थ्य सामग्री वितरण अभियान जारी रहेको उनले बताए । ती पालीका तथा अस्पताललाई आवश्यक अक्सिजन सिलिन्डर, पिपिई, अक्सिमिटर, फेसशिल्ड, हेडक्याप, थर्ममिटर, मास्क, स्यानिटाइजर, डस्टविन, गमबुट लगायतका सामग्री उपलब्ध गराइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

उपत्यकाको निषेधाज्ञा खुकुलो, अब साँझबिहान हिँडडुलदेखि केही व्यापार गर्न पाइने उपत्यकाको निषेधाज्ञा खुकुलो, अब साँझबिहान हिँडडुलदेखि केही व्यापार गर्न पाइने ९ मिनेट पहिले
नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी १३ घण्टा पहिले
राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने राप्ती प्रतिष्ठानले बन्द रहेको ओपीडी सेवा सञ्चालनमा ल्याउने २० घण्टा पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने २१ घण्टा पहिले
कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण कुकुरले पुच्छर हल्लाउँनुका रोचक कारण २३ घण्टा पहिले
१९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति १९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति २ घण्टा पहिले
एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा एमाले सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षका ७ सांसद निलम्बनमा १४ घण्टा पहिले
३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु ३८ श्रीमती भएका विश्वकै सबैभन्दा ठूलो परिवारका मुखियाको मृत्यु १८ घण्टा पहिले