मंगलबार , असार १, २०७८

विकास बैंक, फाइनन्स र जलविद्युत क्षेत्रमा लगानीकर्ता तानिए

विकास बैंक, फाइनन्स र जलविद्युत क्षेत्रमा लगानीकर्ता तानिए

२७ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १.८० अङ्कले घटे पनि विकास बैंक, फाइनान्स र जलविद्युत समुहमा लगानीकर्ताको आँखा परेको छ । लगातार बढीरहेको नेप्सेमा साताको अन्तिम दिन सामान्य अंकले करेक्सन भएको छ ।

पछिल्ल दिनमा प्राय नयाँ–नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा आज प्रि ओपनिङमा बढेता पनि दिनको कारोबार सँगै अधिक मात्रमा घट्ने र सामान्य बढ्ने श्रृङकला देखिएको थियो । आज नेप्से परिसूचक घटेर दुई हजार ९ सय ४४.७८ बिन्दुमा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ बिन्दुुले बढेर ५२७.८७ मा पुगेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कारोबार भएका कूल २२० कम्पनीको तीन करोड छ लाख छ हजार ६४४ कित्ता शेयर रु १६ अर्ब १० करोड चार लाख १२ हजार ४३६ मूल्यमा खरिद बिक्री भए । बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३९ खर्ब ३६ अर्ब ७४ करोड ३४ लाख २८ हजार ९९५ बराबर रहेको छ । अघिल्ला दिनको तुलनामा बजार पूँजीकरण घटेको हो ।

index sub

कारोवार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर आरोलो लाग्दा छ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १७.७८, व्यापार ५७.४२, होटल तथा पर्यटन १३.२७, निर्जीवन बीमा ४५.०९, उत्पादन ३८.६७, अन्य ६ र जीवन बीमा २७३.६८ अङ्कले घटेको छ । यस्तै, विकास बैंक १२०.६, जलविद्युत् ८८.६५, वित्त ६०.९५, लघुवित्त ७.३४, सामूहिक लगानी कोष ०.१२ र लगानी १.१२ बिन्दुले उकालो लागेको छ ।

Screenshot 4
कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा छ । सो कम्पनीको रु ९९ करोड ६५ लाख ६० हजार ६३६ बराबरको कारोवार भयो । यस्तै, नेपाल पुनरबीमा कम्पनी रु ५७ करोड ५० लाख ८५ हजार ४२४, लुम्बिनी विकास बैंक रु ४५ करोड ९३ लाख एक हजार ९०७, अपि पावर कम्पनी रु ४४ करोड ५८ लाख ८६ हजार ११५ र नेपाल इन्स्योरेन्सको रु ३८ करोड ९६ लाख ७९ हजार ५६८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

Screenshot 2
नेप्सेका अनुसार पाँचथर पावर कम्पनीको शेयरमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी ९.९७, शिव श्री हाइड्रोपावर ९.९७, ङादी ग्रुप पावर ९.९३ र माउण्टेन इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाएका छन् । त्यस्तै, गुर्खाज फाइनान्स ४.२५, हिमालयन जनरल इन्स्योरेन्स ३.१९, युनाइटेड इन्स्योरेन्स ३.१८, लाइफ इन्स्योरेन्स २.६८ र समिट लघुवित्तका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।

Screenshot 3

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय