मंगलबार , असार ८, २०७८

ढल्यो एमालेको गण्डकी प्रदेश सरकार, कांग्रेसका पोखरेल मुख्यमन्त्री हुँदै

ढल्यो एमालेको गण्डकी प्रदेश सरकार, कांग्रेसका पोखरेल मुख्यमन्त्री हुँदै

२७ जेठ, काठमाडौं । नेकपामा आएको फुट र एमालेमा देखिएको घरझगडाले अन्ततः एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ । संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आजै पदमुक्त भएका छन् । अब संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

होलान् त कांग्रेसका पोखरेल मुख्यमन्त्री ?

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अब प्रदेश प्रमुख सीता पाैडेलले मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाको विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभाका कुनै पनि सदस्यलाई आह्वान गर्नेछिन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी प्रस्तुत गर्ने तयारी गरेका छन् । कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक), जनता समाजवादी पार्टीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद पोखरेललाई मुख्यमन्त्री बनाउन यसअघि नै तयार भैसकेका छन् ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेदकुदमन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले कित्ता परिर्वतन गरेर विपक्षी गठबन्धनतिर आएका छन् । यदि उनले साथ दिएमा मुख्यमन्त्री नियुक्तका लागि चाहिने ३१ मत विपक्षी गठबन्धनसँग पुग्छ ।

१६८(३) अनुसार नियुक्त मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८ (५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको हो । सो उपधारा ५ मा भनिएको छ, उपधारा ३ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ’ भनिएको छ ।

सोही धारा मुताविक कांग्रेस संसदीय दलका नेता पोखरेलले आफूले बहुमत जुटाउन सक्ने भन्दै ३१ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीको दावी प्रस्तुत गर्न लागेका छन् । उनले पनि ३० दिन भित्र प्रदेशसभाबाट विश्वासकाे मत लिनुपर्ने हुन्छ । यदि धारा १६८(५) अनुसार पोखरेलले विश्वासको मत लिन नसकेमा भने संविधानको धारा १६८ (७) अनुसार प्रदेशसभा भंग हुनेछ र गण्डकी प्रदेश मध्यावधि निर्वाचनमा जानेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव फेला खोलाले बगाएर बेपत्ता भएका चौधरीको शव फेला ५ दिन पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १ दिन पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद असार ९ गतेदेखि लिलामीमा ल्याउँदै ६ दिन पहिले
चामेमा अड्किएका मुख्यमन्त्री पोखरेल सकुशल पोखरा आइपुगे चामेमा अड्किएका मुख्यमन्त्री पोखरेल सकुशल पोखरा आइपुगे ४ दिन पहिले
मलाई त तै सुवा मन पडी बजारमा सार्वजनिक मलाई त तै सुवा मन पडी बजारमा सार्वजनिक १३ घण्टा पहिले
छिमेक लघुबित्तद्धारा नगदसहित स्वास्थ्य सामाग्री वितरण छिमेक लघुबित्तद्धारा नगदसहित स्वास्थ्य सामाग्री वितरण ५ घण्टा पहिले
प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेकाे अभियोगमा ज्वाला संग्रौलासहित ३ जना पक्राउ १ दिन पहिले
तेजाब प्रहार गर्ने दोषीमाथि कारवाहीको लागि पहल गर्ने तेजाब प्रहार गर्ने दोषीमाथि कारवाहीको लागि पहल गर्ने ५ दिन पहिले