सोमबार , असार ७, २०७८

चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकियो

चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकियो

२७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।

कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भने, “स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि९शुक्रबार०देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।”

तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय