बुधबार , असार २, २०७८

तपाईको आजको राशीफल कस्तो छ ?

तपाईको आजको राशीफल कस्तो छ ?

वि.सं.२०७८ साल जेठ २८ गते शुक्रबार । ईश्वी सन् २०२१ जुन ११ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि– प्रतिपदा,२६ घडी ०९ पला, दिउसो ०३ बजेर ३७ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–मृगशिरा,२२ घडी ०५ पला,दिउसो ०२ बजेर ०० मिनेट उप्रान्त आद्र्रा । योग– शूल,०८ घडी ५६ पला, बिहान ०८ बजेर ४४ मिनेट उप्रान्त गंड । करण– बव, बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५७ मिनेट । दिनमान ३३ घडी ३१ पला । चन्द्रोदय, दशहरा तथा गोसाइँकुण्ड स्नानारम्भ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित बिषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिने छ भने बिशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । मायाप्रेममा सामिप्यत बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । परिवारसंगको रमाईलो बसाईमा स्वादिष्ठ भोजनका साथ समय व्यतित गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :-  अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडी छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलिले लक्ष्य तथा गन्तब्य पहिल्याउन सहज हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिमा पद प्राप्तीको योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- स्वदेशी सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । मायाप्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारीसाधन तथा अन्य भौतिक सम्पतीहरु लाभ हुनेछ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेकोछ भने कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- चुनौतिहरुलाई किनारा लगाउदै कामहरु बनाउन सकिनेछ भने राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथिभाईहरुको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईको कामदेखि सबै प्रशन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईको काम समयमा गरिदिने हुनाले समय र रुपैया पैसाको बचत हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-  सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । पढाईलेखाईमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशि पार्न सकिनेछ । आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेको छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पती तथा सवारीसाधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । मायाप्रेम गर्ने जोडिहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथिभाईहरु तपाईदेखी टाडिन सक्छन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- पढाईलेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशि रहनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । परिवारका साथ घरमै बसी समय व्यतित गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- विवाद तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पुराना समस्या तथा रोगहरु स्वत हल भएर जानेछन् । आर्थिक अवस्था सुदृड बनाउने चालिने कदमहरु स्वत स्फूर्त रुपमा सकारात्मक दिशामा अगाडी बढ्ने छ । पढाईलेखाईमा भनेजस्तो सफलता हात लाग्ने योग रहेकोछ । मायाप्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिने तथा जीवनसाथिसँग रमाईलो यात्राको प्रशस्त सम्भावना रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतीहरु लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगती देख्न पाईनेछ । महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । मायाप्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियता झल्कनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- तपाईको व्यवहारले मान्यजन तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुदा आफ्नो काम थाति रहनेछ । बिभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मी हरुबाटनै बिरोध हुनेछ । अध्ययनमा भनेजस्तो सफलता हात लगाउन निकै मेहनेतको जरुरी पर्नेछ । कुनै काम गर्दा गम्भिर हुनुहोला हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अबिश्वास बढ्ने योग रहेको छ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संक्रमितको घरमै पुगेर परामर्श गर्दै वडाध्यक्ष संक्रमितको घरमै पुगेर परामर्श गर्दै वडाध्यक्ष ३ हप्ता पहिले
नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स हिमालयन रि–इन्स्योरेन्सलाई २ हप्ता पहिले
दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाको राहत दुर्घटनाका मृतक परिवारलाई गाउँपालिकाको राहत २ हप्ता पहिले
बिएण्डसीले थापाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने बिएण्डसीले थापाको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने ३ हप्ता पहिले
कोरोना खोप एक दिन एक उमेर समूहलाई मात्र कोरोना खोप एक दिन एक उमेर समूहलाई मात्र १ हप्ता पहिले
आज प्रतिनिधिसभा विघटनविरुद्धका १९ रिटमा सुनुवाई  हुँदै आज प्रतिनिधिसभा विघटनविरुद्धका १९ रिटमा सुनुवाई हुँदै ३ हप्ता पहिले
कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, पायो यस्तो रेटिङ ? कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै, पायो यस्तो रेटिङ ? २ हप्ता पहिले
कमचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार विरुद्धको मुद्धा सर्वोच्चमा बिचाराधिन ! कमचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार विरुद्धको मुद्धा सर्वोच्चमा बिचाराधिन ! २ हप्ता पहिले