मंगलबार , असार १, २०७८

आज सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, ओली उपस्थित नहुने

आज सभामुखले बोलाएको सर्वदलीय बैठक बस्दै, ओली उपस्थित नहुने

२८ जेठ,काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले  पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाएको सर्वदलिय बैठक आज दिउँसो बस्दै छ ।

आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली भने उपस्थित नहुने भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उनी नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सभामुखका प्रेस सहयोगी श्रीधर न्यौपानेका अनुसार बैठकमा उपस्थितिका लागि सबै दलका शीर्ष नेताका साथै  पूर्वप्रधानमन्त्रीलाई समेत पत्रचार गरिएको थियो ।

सभामुख सापकोटा  प्रतिनिधि सभा विघटन गर्ने सरकारको कार्य असंवैधानिक रहेको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय