माथिबाट ढुङ्गा खस्दा चाला गुम्बामा ८० लाखको क्षति
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार १३:५०:२२
२८ जेठ, सिमकोट । माथिबाट खसेको ढुङ्गा लागेर नाम्खा गाउँपालिका–४ चालामा रहेको गुम्बा भत्किएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण माथिबाट आएको ढुङ्गाले क्षति पु¥याएपछि गुम्बामा रु ८० लाख बराबरको क्षति भएको स्थानीय तोपछिरिङ लामाले जानकारी दिए । “गएको जेठ २१ गते राति माथिबाट आएको ढुङ्गाले गुम्बामा ठूलो क्षति पु¥याएको छ”, लामाले भने, “ढुङ्गा लागेपछि गुम्बाको एक भागको पर्खाल भत्किँदा गुम्बाभित्र रहेको मूर्तिलगायत अधिकांश सामग्रीमा क्षति पुगेको छ ।”
लामा सांस्कृति र परम्परालाई जोगाइराख्न र बौद्ध धर्मालम्बीले दैनिक पूजापाठ गर्न लामो समय पहिले गाउँमै निर्माण गरिएको गुम्बामा माथिबाट आएको ढुङ्गाले झण्डै रु ८० लाख बराबरको क्षति गरेको नाम्खा–४ का वडाध्यक्ष सोनाम हिसे तामाङले बताए । ढुङ्गाले रु ८० लाख बराबरको क्षति पुगेको छ । यालवाङबाट गएको प्रहरीको टोलीले गरेको स्थलगत मुचुल्काका अनुसार गुम्बामा अहिले रु ८० लाख बराबरको क्षति पुगेको हो”, वडाध्यक्ष तामाङले थपे ।
लामा समुदायले हरेक बस्तीमा ठूलो लगानीले निर्माण गरेको गुम्बामा बहुमूल्य धातु र मूर्तिसमेत राख्ने भएकाले निकै ठूलो क्षति भएको स्थानीयवासीले बताएका छन् । नाम्खा गाउँपालिकाको चालागाउँ जिल्ला सदरमुकाम सिमकोट र नाम्खाको केन्द्र याल्वाङदेखि पनि निकै दूरदराजको बस्तीका रूपमा चिनिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर
बैशाख ४, २०८१ मंगलबार
सान्नी त्रिवेणी गाउँमै अब आयोडिनयुक्त नुन, सदरमुकाम जानुपर्ने बाध्यता हट्यो
चैत २९, २०८० बिहिबार
कर्णालीमा मुख्यमन्त्री कँडेलले लिए शपथ
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार