मंगलबार , असार १, २०७८

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च १५ हजार

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च १५ हजार

२८ जेठ, कञ्चनपुर । बेलौरी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए ।

“कोरोना संक्रमणबाट ज्यान गुमाएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ”, उनले भने, “केही दिनभित्रै खर्च दिन शुरु गर्छौ ।” कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच सय बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ । कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ ।

बेलौरीमा दुई बालबालिकामा कोरोना संक्रमण देखिएको छ । दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना संक्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो । त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि रु ५० हजार सहयोग गर्ने निर्णय गरिएको छ ।

संक्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको संक्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको संक्रमण घटेको हो । संक्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ । बिहीबार सङ्क्रमितको सङ्ख्या २३ रहेकामा निको भई घर फर्कनेको सङ्ख्या ५४ रहेको थियो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा सक्रिय सङ्क्रमित ४८७ रहेका छन् । आइसोलेशनमा ११२ र होमआइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ३७५ रहेको छ । हालसम्म पोजेटिभको सङ्ख्या सात हजार ४६६ रहेकामा निको भई घर फर्केकाको सङ्ख्या छ हजार ७८६ रहेको छ ।

हालसम्म २२ हजार ९९ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये २२ हजार ३६ जनाको नतिजा प्राप्त भएको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा एन्टिजेन परीक्षण नौ हजार ७०१ जनाको गरिएकामा जसमध्ये ५४९ जनाको नतिजा पोजेटिभ आएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै वैशाखयता मात्रै पाँच हजार ९३ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये चार हजार ८५३ जनाको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजामा तीन हजार ३५८ सङ्क्रमित देखिएका छन् । सोही अवधिमा निको हुनेको सङ्ख्या तीन हजार ४१ रहेको छ । वैशाखयता १४ हजार ४२८ जनाको एन्टिजेन परीक्षण गरिएकामा जसमध्ये दुई हजार १६५ जनाको नतिजा पोजेटिभ आएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आयोजनाको म्याद एक वर्ष थप गर्न माग आयोजनाको म्याद एक वर्ष थप गर्न माग २३ घण्टा पहिले
तीन होटलसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? तीन होटलसहित यी कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? १७ घण्टा पहिले
झलनाथ खनाल अक्सिजनको सपोर्टमा झलनाथ खनाल अक्सिजनको सपोर्टमा १७ घण्टा पहिले
अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] अनौठो यात्रामा निस्किएका हात्तीहरू यसरी सुते [ हेर्नुहोस् भिडियाे ] १६ घण्टा पहिले
१९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति १९ लाख कित्ता आईपीओ निष्कासन गर्न जीवन विकास लघुवित्तले पायो अनुमति ८ मिनेट पहिले
चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए चितवनमा निषेधाज्ञाको समयमा ७८ कैदीबन्दी थपिए ४४ मिनेट पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन १८ घण्टा पहिले
सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु सोमाली सेनाको कारबाहीमा १६ जना अल–शबाब विद्रोहीको मृत्यु १८ घण्टा पहिले
आज कोरोनाबाट थप ५९ जनाको मृत्यु, कति संक्रमित ? आज कोरोनाबाट थप ५९ जनाको मृत्यु, कति संक्रमित ? ५ दिन पहिले
कोरोना कहरमा भक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो कोरोना कहरमा भक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो ४ हप्ता पहिले
काेराेना खोपका लागि पहल भइरहेको छ : मन्त्री राई काेराेना खोपका लागि पहल भइरहेको छ : मन्त्री राई ४ हप्ता पहिले
बैंकका सवारीसाधन बिहान र बेलुका १/१ घन्टा मात्र चल्न पाउने बैंकका सवारीसाधन बिहान र बेलुका १/१ घन्टा मात्र चल्न पाउने ३ हप्ता पहिले
सांसद चोैलागाईको १३ओैँ श्रद्धाञ्जलि सभामा भर्चुअलबाट शोक मन्तव्य व्यक्त गर्दै सञ्चारमन्त्री गुरुङ सांसद चोैलागाईको १३ओैँ श्रद्धाञ्जलि सभामा भर्चुअलबाट शोक मन्तव्य व्यक्त गर्दै सञ्चारमन्त्री गुरुङ ३ हप्ता पहिले
आज कोरोनाले थप १ सय ९३ जनाको मृत्यु, ७९१४ संक्रमित आज कोरोनाले थप १ सय ९३ जनाको मृत्यु, ७९१४ संक्रमित ३ हप्ता पहिले
उपप्रधानमन्त्रीबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ को शुभारम्भ उपप्रधानमन्त्रीबाट ‘कोभिड आइसोलेशन तथा अक्सिजन थेरोपी सेन्टर’ को शुभारम्भ ४ हप्ता पहिले
आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता ४ हप्ता पहिले