मलङ्गवाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार १५:५२:४९
२८ जेठ,सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन भएको पाइएको छ । मलङ्गवा नगरपालिका–२ को सिटिइभिटी कलेज र शिक्षा कार्यालयको अगाडि निर्माण शुरु भएको भवनको निर्माणमा लापरवाही भएको पाइएको हो । भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग भइरहेको भए पनि मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहलगायत सरोकारवाला निकाय मौन देखिएका छन् । नगरप्रमुख साहका अनुसार आरसिसीको रिङमा इँट्टा जडान गरेको स्थानमा केही समस्या आएको हो । त्यसलाई ठेकेदार कम्पनीले व्यवस्थापन गर्ने बताएको नगरप्रमुख साहले जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय जनकपुर र मलङ्गवा नगरपालिकाको गरी कूल रु चार करोड ९७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाको प्रशासनिक कार्यालयको भवन तीनतले बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए । बहुवर्षे कार्यक्रमअन्तर्गत ग्रागन शिवालय (जेभी) कम्पनीले निर्माणको काम गरिरहेको छ ।
प्राविधिक समस्याका कारण तीनतले भवनको जग भत्किएको र त्यसमा गुणस्तरहीन नभई प्राविधिक कारण पर्खाल भत्किएको साथै पर्खाल भत्किनुमा नगरपालिका जवाफदेही हुने निर्माण कम्पनीले जनाएको छ । नगरपालिकाले परिणाम घट्ने भन्दै माटो अड्याउने गरी मात्र काम गर्न भनेको र सोहीअनुसार काम गर्दा समस्या आएको कम्पनीका साइट प्रमुख सुनिल सुवेदीले बताए । आफूहरूले तिरेको करबाट भएको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै निर्माण रोकेर सरोकारवाला निकायले स्थलगत निरीक्षण गरी सत्यतथ्य छानविन गरी ठेकेदारलाई कारवाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जको अलौमा आगलागीः ७ घर जले, ५४ लाखको क्षति
बैशाख ११, २०८१ मंगलबार
सावारी दुर्घटनामा पत्रकार यादवको मृत्यु
बैशाख ११, २०८१ मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
राज्य कोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्सका प्रतिनिधिमण्डलको भेट
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार