निषेधाज्ञामा सडक, नालीका योजना धमाधम
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार १५:५४:२५
२८ जेठ, बागलुङ । मर्मत अभावमा जीर्ण बनेका बागलुङ नगर क्षेत्रका सडकको सुधारलाई तीव्रता दिइएको छ । सडक बोर्ड नेपाल र नगरपालिकाको लागत साझेदारीमा सडक मर्मत सुधारको काम भइरहेको हो ।
निषेधाज्ञाबीच पहिलो चरणमा सदरमुकामभित्रका सडकमा काम भइरहेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षभित्र १४ वटै वडाका पक्की सडकमा मर्मत सुधारको काम हुने इञ्जीनियर मनोज शर्माले बताए।
उनका अनुसार यस योजनाका लागि बोर्डको रु ९२ लाखमा नगरपालिकाको ३५ प्रतिशत थप लागत परेको छ । बोलपत्रमार्फत आरएस निर्माण सेवाले कामको जिम्मा पाएको थियो । “बजारपछि ग्रामीण भेगका सडकको मर्मत शुरु हुन्छ”, इञ्जीनियर शर्माले भने ।
यसअघि कालोपत्र भएर पनि भत्केका, खाल्डाखुल्डी परेका सडकको मात्र मर्मत गरिने निर्माण व्यवसायी राजिन खड्काले बताए । “क्षतविक्षत नै भएको, धेरै बिग्रेको ठाउँमा कालोपत्र नै हुन्छ, कतै खाल्डाखुल्डी पुरेर सामान्य मर्मत मात्र गरिन्छ”, उनले भने । वडा नं २ को अदालतचोकबाट–धवलागिरि अस्पताल र गोदामघरबाट सिर्जनाटोलसम्मको सडक कालोपत्र भइसकेको छ । बेलैमा मर्मत नहुँदा ती सडक जीर्ण बनेका थिए । कालोपत्र भत्केर सडकभरि खाल्डैखाल्डा थिए । गोल्डेनगेट चोक, ट्राफिक चोकको घुम्तीबाट मगर सङ्घको कार्यालय जोड्ने सडक पनि मर्मतकै चरणमा छ ।
वडाध्यक्ष जीवन आचार्यले सदरमुकामका भित्री सडक, चोक सुधारले पनि गति लिएको बताउनुभयो । “वडा नं २ भित्र मात्रै झण्डै रु ५० लाख बजेटबाट यो काम हुँदैछ”, उनले भने, “कुनै सडक बोर्डअन्तर्गत कुनै वडास्तरका योजना छन् ।” यसअघि पनि सडक विस्तार, मर्मत, जीर्ण पाल, तार हटाउनेलगायत बजार व्यवस्थापनका काम गरिएको वडाध्यक्ष आचार्यले बताए ।
गत वर्ष भूपि शरेचनचोक–किरानाटोल, धवलागिरि बहुमुखी क्याम्पसको पश्चिम गेटबाट गोल्डेनगेट चोक र वीरेन्द्र–ऐश्वर्य उद्यान आसपासको सडक चौडा पारिएको थियो । सडक विस्तारपछि घन्चमन्च सवारी गुड्ने, मोडिन नसकी बस÷ट्रक चोकमै अड्कने स्थितिबाट केही छुट्कारा मिलेको छ । सडक फराकिलो बन्दा पैदलयात्रीको आउजाउ पनि सहज उन्मुख छ । वडा नं ३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले कोरोना महामारीका कारण जारी निषेधाज्ञाबीच पनि सार्वजनिक निर्माणका काम नरोकिएको बताए । आव आखिरतिर आएकाले पनि योजनाको काम बेलैमा सक्नुपर्ने स्थिति छ । “धेरै सडक, नालीका योजना छन्, अहिले धमाधम काम भइरहेको छ”, उनले भने ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत गहतेबाट बोक्सेको खाल्डोसम्म सडक कालोपत्रका लागि पूर्वाधार तयारीको काम भइरहेको उनको भनाइ छ । उक्त योजनाका लागि रु ५० लाख बजेट छ । सडक मर्मत सुधार योजनाले वर्षेनी निरन्तरता पाएपछि बागलुङ बजारले क्रमशः मुहार फेर्दैछ । बजार व्यवस्थापन र यसको सौन्दर्यीकरणमा नगरपालिकाले लगानी बढाउँदै लगेको छ ।
जिल्लाका अन्य स्थानीय तह पनि यतिबेला चालु योजनाको कार्यान्वयनसँगै आउँदो आवका लागि योजना छनोटको तयारीमा जुटेका छन् । महामारीका कारण बस्तीस्तरमा पुगेर तर्जुमा गर्न नसकिने भएपछि वडा कार्यालयहरूले फोन या अरु माध्यमबाट योजना टिपाउन÷पठाउन आग्रह गरेका छन् । असार १० गते सबै स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौनियारसहित २९ ठेकेदारका निमार्ण कम्पनी कालोसूचीमा
बैशाख ११, २०८१ मंगलबार
पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी
बैशाख १०, २०८१ सोमबार
भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गाजाको अस्पताल परिसरमा दुईसय भन्दा बढीको शव भेटियो
बैशाख ११, २०८१ मंगलबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
विपिन जोशीको रिहाईको पहल गरिदिन कतारी अमिरलाई राष्ट्रपति पौडेलको आग्रह
बैशाख ११, २०८१ मंगलबार
कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए
बैशाख ११, २०८१ मंगलबार
लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत
बैशाख ११, २०८१ मंगलबार