मंगलबार , असार १, २०७८

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
सांकेतिक तस्विर

२८ जेठ, काठमाडौं । कञ्चनपुर प्रहरीका अनुसार जिल्लामा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । वेदकोट नगरपालिका(५ मा स्थानीय युवती माथि दुईजना युवकले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कार गरेको आरोप लागेका वेदकोट नगरपालिका(६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको छ । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेकाले उनको खोजीकार्य जारी छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

घटना बिहीबार हो, प्रहरीका अनुसार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् ।

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको हो ।

युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको छ । जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय