बुधबार , असार २, २०७८

बेलायतले दश करोड डोज खोप गरिब देशहरुलाई वितरण गर्ने

बेलायतले दश करोड डोज खोप गरिब देशहरुलाई वितरण गर्ने

२८ जेठ, एजेन्सी । बेलायतले आफूलाई चाहिनेभन्दा बढी रहेको दश करोड डोज कोरोना खोप गरिब देशहरुलाई वितरण गर्ने घोषणा गरेको छ ।

धनी देशहरूको समूह ‘जी-सेभेन’ बैठकको पूर्वसन्ध्यामा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने घोषणा गरेका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

स्काइ न्यूजका अनुसार यसै वर्षको अन्त्यसम्ममा ३ करोड डोज वितरण गरिने प्रधानमन्त्री जोनसनको भनाइ छ । बाँकी खोप अर्को वर्षभित्रमा वितरण गरिने जोनसनले बताएका छन् ।

यसअघि अमेरिकाले पनि न्यून र मध्यम आय भएका देशहरुलाई ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । शुक्रबार कोर्नवालमा सुरु हुने जी(सेभेनको बैठकमा अन्य सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोनाविरुद्धको सामूहिक लडाइँमा खोप उपलब्ध गराउने घोषणा गर्नसक्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक संगठन जी-सेभनमा सात प्रमुख विकसित देशहरू अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटली र जापान सदस्य छन् ।

बेलायतले अनुदान दिने खोपको पाँच भागमध्ये एक भाग देशहरूसँग सोझै सम्झौता गरेर र अन्य कोभ्याक्स कार्यक्रममार्फत वितरण हुने बीबीसीले जनाएको छ ।

बेलायतले यसअघि कोभ्याक्स कार्यक्रमलाई ५० करोड पाउन्ड उपलब्ध गराएको थियो । कोभ्याक्स कार्यक्रममार्फत् विश्वका गरिब देशहरूले खोप पाउँछन् । नेपालले पनि कोभ्याक्स कार्यक्रममार्फत् कोभिशिल्डको ३ लाख डोज प्राप्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपालमा संक्रमणको दर लगातार घट्न थाल्याे, आज थप ४१ जनाको मृत्यु नेपालमा संक्रमणको दर लगातार घट्न थाल्याे, आज थप ४१ जनाको मृत्यु २० घण्टा पहिले
पहिरोले तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध पहिरोले तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध २२ घण्टा पहिले
डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती ३ घण्टा पहिले
श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाउन खोज्ने श्रीमान पक्राउ १७ घण्टा पहिले
खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि २४ घण्टा पहिले
झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै ४ घण्टा पहिले
अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा अन्नपूर्णको युवालाई स्वरोजगार कार्यक्रम प्राथमिकतामा २३ घण्टा पहिले
गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने गण्डकी प्रदेश सरकारले शुक्रबार विश्वासको मत लिने १ घण्टा पहिले