बुधबार , असार २, २०७८

विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै

२८ जेठ, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज ‘शुक्रबार’ अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तर, नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।

यस्तै प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने समेत बताए । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताउँछन् ।

यस्तै प्रशिक्षक आर्नोल्डले नेपालविरुद्धको खेलमा सुरुवाती-११ मा परिवर्तन हुने समेत बताए । समूह ‘बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो ।

नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ । जारी छनोटमा नेपालले यस अघि चाईनिज ताईपेलाई २-० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३(० ले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण द आर्ट अफ लिभिङद्वारा स्वास्थ्य उपकरण हस्तान्तरण २४ घण्टा पहिले
मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन मेलम्ची क्षेत्रमा उद्धारका लागि अखिल र युवा संघको टोली परिचालन १ घण्टा पहिले
सुन तोलामा ६ सय रुपैयाँले बढ्यो सुन तोलामा ६ सय रुपैयाँले बढ्यो ५ दिन पहिले
बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य प्रभावकारी बनाउन प्रचण्डको आग्रह २ घण्टा पहिले
निलम्बित एमाले सांसदहरु प्रदेशसभाको बैठकमा भाग लिने  ! निलम्बित एमाले सांसदहरु प्रदेशसभाको बैठकमा भाग लिने ! १ दिन पहिले
स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु स्याङ्जाको दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु ५९ मिनेट पहिले
भारतबाट आएका ४० हात्ती बर्दिया राष्ट्रिय निकञ्जमा पसे भारतबाट आएका ४० हात्ती बर्दिया राष्ट्रिय निकञ्जमा पसे ५ दिन पहिले
गण्डकी प्रदेशले आज दोस्रो मुख्यमन्त्री पाउँदै, को हुन कृष्णचन्द्र नेपाली पोख्रेल ? गण्डकी प्रदेशले आज दोस्रो मुख्यमन्त्री पाउँदै, को हुन कृष्णचन्द्र नेपाली पोख्रेल ? ४ दिन पहिले