सोमबार , असार ७, २०७८

अपाङ्गता परिवारलाई खाद्यान्नसहितका सामग्री सहयोग

अपाङ्गता परिवारलाई खाद्यान्नसहितका सामग्री सहयोग

२८ जेठ,गण्डकी । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा बस्दै आएका अपाङ्गता भएको परिवारलाई सहयोग जुट्न थालेको छ । सेती नदीको डिलमा जस्ताको छानामुनि बस्दै आएका अपाङ्गतासहितको सात जनाको परिवारले कोरोना कहरका कारण भोकै बस्नु परेको समाचार गत सोमबार राष्ट्रिय समाचार समिति ९रासस०मा प्रकाशित भएको थियो ।

अपाङ्गता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता विषयक शीर्षकको समाचार प्रकाशन भएसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमले स्थान दिएका थिए । समाचारमा आएसँगै विभिन्न सहयोगी दाताले खाद्यान्नसहितका सामग्री सहयोग गरेको उक्त परिवारका सदस्य लक्षु थापामगरले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनका अनुसार पाँच छोरामध्येको कान्छो १८ वर्षीय छोरा पूर्णे जन्मजातै पूर्णरूपमा अपाङ्गता छन्, हिँडडुल गर्न सक्दैनन्, खाना खुवाउनुका साथै शौचालयसमेत बोकेर लैजानु पर्दछ, आम्दानी भनेको दैनिक मजदूरी नै हो । पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारी र कार्यपालिका सदस्य राधिका शाही योगीले खाद्यान्नसहितको राहत सामग्री प्रदान गरेको थियो भने विभिन्न व्यक्तिले ठाउँठाउँबाट सहयोग गर्ने आश्वासन दिएको उनले बताए ।

भोकै बस्नुपर्ने तत्कालीन बाध्यता हटाउनका लागि प्रारम्भिकरूपमा रु पाँच हजार बराबरको खाद्य सामग्री सहयोग गरिएको बताउँदै वडाध्यक्ष अधिकारीले उनीहरूको दीर्घकालीन बसोबासका लागि समेत आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरूको परिवारलाई युवासङ्घ पोखरा–१७ बाट नौ हजार बराबरको खाद्यान्न, सरसफाइलगायत सामग्री प्रदान गरिएको छ । उक्त परिवारको लागि जग्गा प्राप्त भएमा घर निर्माणका लागि आवश्यक जस्तापाता र ब्लक उपलब्ध गराउने सो स्थानामा पुगेको गैसस महासङ्घका महासचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज मन्त्रिपरिषद विस्तार गर्ने ओलीकाे तयारी, ठाकुर पक्षलाई १० मन्त्रालय ! आज मन्त्रिपरिषद विस्तार गर्ने ओलीकाे तयारी, ठाकुर पक्षलाई १० मन्त्रालय ! ४ हप्ता पहिले
यी दुई इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन यी दुई इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन ६ दिन पहिले
मियाको टिकटक अकाउन्ट प्रतिबन्ध भएपछि हल्लाखल्ला मियाको टिकटक अकाउन्ट प्रतिबन्ध भएपछि हल्लाखल्ला ४ हप्ता पहिले
मनसुन प्रवेशसँगै यस वर्ष बाढीपहिरोको जोखिम उच्च ! मनसुन प्रवेशसँगै यस वर्ष बाढीपहिरोको जोखिम उच्च ! १ हप्ता पहिले
नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका नगर सरकारको अनुभूति दिने लगायतका दर्जनौं लोकप्रिय कार्यक्रम लागु गर्ने तयारीमा वालिङ नगरपालिका २ दिन पहिले
प्रवासीद्धारा एम्बुलेन्स खरिद गर्न १० लाख सहयोग प्रवासीद्धारा एम्बुलेन्स खरिद गर्न १० लाख सहयोग ४ हप्ता पहिले
ओली पक्षको स्थायी कमिटी र नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै ओली पक्षको स्थायी कमिटी र नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै ३ हप्ता पहिले
पाकिस्तानमा विद्युतको महशुल प्रति युनिट १.७२ रूपैयाँ प्रति यूनिट वृद्धि पाकिस्तानमा विद्युतको महशुल प्रति युनिट १.७२ रूपैयाँ प्रति यूनिट वृद्धि ४ हप्ता पहिले