बुधबार , असार २, २०७८

नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको शेयरमूल्य समायोजन

नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको शेयरमूल्य समायोजन

२८ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी ९एचआईडिसीएल० को हकप्रद शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १०० प्रतिशत हकप्रद शेयरको समायोजनपछि शेयरमूल्य ३४३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य ५८६ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।कम्पनीले ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १६ अर्ब ५० करोड रहेको छ । शत प्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात उक्त पूँजी २७ अर्ब ५० करोड पुग्नेछ ।

कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो ।

hidcl

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय