मंगलबार , असार ८, २०७८

भारतबाट आएका ४० हात्ती बर्दिया राष्ट्रिय निकञ्जमा पसे

भारतबाट आएका ४० हात्ती बर्दिया राष्ट्रिय निकञ्जमा पसे

२८ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीलाई नियन्त्रणमा लिन बर्दियामा पनि निषेधाज्ञा जारी छ । तर निषेधाज्ञाकै समयमा बर्दियामा ४० हात्ती हिँडिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा यतिबेला भाइरल भइरहेको छ ।

यहि जेठ २६ गते जिल्लाको  कर्तनिया घाट वन्यजन्त आरक्षमा प्रवेश गरेका भारतबाट आएका जंगली हात्तीको लर्को यति बेला फेसबुकमा भाइरल भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जिल्लामा ४० हात्ती हिँडिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरदा हात्ती यति बेला बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गरिसकेका छन् ।

केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ । १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्। चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ ।

hati 1

बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ४० हात्ती हिँडिरहेको राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख रविन कडरियाले नेपालबहस डटकमलाई जानकारी दिए ।

प्रमुख कडरियाले भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्र ४० वटा जंगली हात्ती नेपाल आएको र बिहीबार निकुञ्जमा गएको बताएका छन् ।

उनले भने, “जंगली हात्तीहरू नेपाल आएको जानकारी पाएका छौं। यी हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुगिसकेका छन् । उनीहरू वारिपारि गरिरहन्छन्,’ कडरियाले भने,‘अब एक महिनाजति यता बसेर फेरि उता जान्छन्।”

hati

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रको दूरी लगभग १० किलोमिटर छ । यहाँ उनीहरूको हिँड्ने परम्परागत बाटो छ । त्यही बाटोमा हिँड्छन । मान्छेको बस्तीमा पस्दैनन्। उनीहरूको बाटो अतिक्रमण गरेर बनाएका घर वा बाटोमा मान्छे भेटिए कुल्चिन सक्छन् ।

नेपाल–भारत ओहोरदोहोर गरिरहने यी हात्तीको गणना पनि दुबै देशको हुन्छ । कडरियाले भन्छन्, यता बस्दा यतै गणना हुन्छ, उता जाँदा उतै गणना हुन्छ। त्यसैले बर्दिया निकुञ्ज १२० हात्तीमध्ये ५०–६० मात्रै यहाँ बस्छन् ।

hatti 1 3

प्रमुख कडरियाले नेपालबहस डटकमको कुराकानी भने, अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा ६१ प्रकारका स्तनधारी प्रणली जिवजन्तु छन् । ति मध्ये बाघको संख्या ८७, गैडा ३८, चरा ५१६ र द्दसर्ने जनावर ४२ वटा छन् ।

गत बर्ष करिव आन्तरिक र बाह्य पयटक गरी १५ हजारले अजवलोकन गरेपनि यो बर्ष कोरोना महामारी कारण बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकका सँख्या न्यून छ ।

hati 11

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय