सोमबार , असार ७, २०७८

सांसद थापा फेरि पदमुक्त

सांसद थापा फेरि पदमुक्त

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चा नेपालका तर्फबाट सांसद रहेका कृष्ण थापा फेरि पदमुक्त भएका छन् । उनलाई पार्टीको ह्वीप नमानेको भन्दै आजै पदमुक्त गरिएको हो ।

प्रदेशसभामा हिजो भएको मतदानमा थापाले पार्टी निर्णयको अवज्ञा गर्दै विश्वासको मतको विपक्षमा मतदान गरेका थिएन् । उनी तटस्थ बसेका थिए ।
यसअघि पनिउनलाई पार्टी निर्णय अवज्ञा गरेको भन्दै सांसद् पदबाट हटाइएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तर उनले पार्टी निर्णय विरुद्ध आफूले पार्टी निर्णय अवज्ञा नगरिकन पदमुक्त गरिएको भन्दै सर्वाेच्च अदालतबाट अन्तरिम आदेश जारी गराएका थिए ।

तर हिजो भने उनले पार्टीको ह्वीप अवज्ञा गरेका छन् । यसबारे अब बस्ने प्रदेशसभा बैठकमा सभामुखले सूचना दिने कार्यक्रम रहेको छ । थापाले पार्टी निर्णयलाई चुनौतीदिंदै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिने भनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय