यो साता शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए ?
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार १९:४:३९
२८ जेठ, काठमाडौं । यो साता शेयरबजारले नयाँ उचाई कायम गरेका छ । यस साता नेप्से परिसूचक साढे २९ सय विन्दू पार गरेको हो ।
शेयरबजारले नयाँ उचाई कायम गर्दा फाइनान्स विकास बैंक र वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । यस साता कारोबार रकम पनि उच्च रहेको छ ।
हेरौं यस साता कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
आइतबार : साताको पहिलो कारोबार दिन आइतबार ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए । आइतबार चार वाणिज्य बैंकसहित ९ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाए हुन् ।
महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी दुई कम्पनी शेयरमूल्य १० प्रतिशतले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, गुडवील फाइनान्स, लम्विनी विकास बैंक, रिडि हाइड्रोपावर कम्पनी, पोखरा फाइनान्स, नेपाल बंगलादेश बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, लक्ष्मी बैंक, मेगा बैंक । बैंक आफ काटमाडौंका लगानीकर्ताले धेरै कमाएका हुन् ।
सोमबार : साताको दोस्रो कारोबार दिन सोमबार १७ कम्पनीका लगानीकर्ताले धेरै कमाए । यस दिन आठ फाइनान्ससहितसहित १७ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका हुन् ।
आज पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स कम्पनी र आइसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी तीन कम्पनी शेयरमूल्य १० प्रतिशतले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, गुडवील फाइनान्स, लम्विनी विकास बैंक, रिडि हाइड्रोपावर कम्पनी, पोखरा फाइनान्स् लगानीकर्ताले धेरै कमाएका हुन् ।
मंगलबार : साताको तेस्रो कारोबार दिन मंगलबार १४९ कम्पनीका लगानीकर्ताले कमाए । यस दिन २१७ कम्पनीको कारोबार भएको हो ।
नेप्सेमा २१७ कम्पनीको कारोबार हुदाँ १४९ कम्पनीको लगानीकर्ताले कमाए भने ५६ कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । बाँकी केही कम्पनीको शेयर भने स्थिर रहेको छन् ।
यस दिन ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । हिमालयन जनरल जनरल इन्स्योरेन्स, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, साग्रिला डेभलपमेन्ट बैंक र मुक्तनाथ बैंकको शेयर १० प्रतिशतले वृद्धि भएको हो ।
बुधबार: साताको चौथो कारोबार दिन बुधबार ८ कम्पनीका लगानीकर्ताले धेरै कमाए । यस दिन ५ हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका हुन् ।
आज पोखरा फाइनान्स, नेपाल फाइनान्स र प्रभु फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी तीन कम्पनी शेयरमूल्य ९ प्रतिशत बढिका दरले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, रिडि हाइड्रोपावर कम्पनी, बरुण, सिइडीबी, युनाइटेड मोदी र अरुण भ्याली हाइड्रोका लगानीकर्ताशलगानीकर्ताले धेरै कमाएका हुन् ।
बिहीबार: साताको अन्तिम कारोबार दिन बिहीबार एक दर्जन कम्पनीका लगानीकर्ताले धेरै कमाए । यस दिन ११ हाइड्रो र १ फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका हुन् ।
आज पोखरा फाइनान्स र अन्य ११ हाइड्रो कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ९ प्रतिशत बढिका दरले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, आज पाँचथर, न्यादी, माउन्टेन, छ्यादी, रिडि, बरुण, सिइडीबी, युनाइटेड मोदी र अरुण भ्याली हाइड्रोका लगानीकर्ताशलगानीकर्ताले धेरै कमाएका हुन् ।
हेरौं कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा सामान्य वृद्धि, हिमालयन उर्जा विकासको शेयरमा सकारात्मक सर्किट !
चैत १५, २०८० बिहिबार
आज नेप्सेमा दोहोरो अङ्कको गिरावट
चैत १४, २०८० बुधबार
प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार