सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २०:१९:३३
२८ जेठ, काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-२० मनिकापुरस्थित सडकमा ज.९ प ५०१८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२० मनिकापुर बस्ने ६५ वर्षीय बर्षादी नाउको बिहीबार राति घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक दैलेख माकु गाउँपालिका-५ बस्ने २८ वर्षीय प्रमोद शाहीलाई उपचारको लागि भेरी अस्पताल नेपालगंज पठाइएको छ ।
दाङ, राप्ती गाउँपालिका-२ स्थित सडकमा लु.अ.अ.च.५३३४ नम्बरको गाडी र भे.१ प ८४२२ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
डोटी, दिपायल सिलगढी नगरपालिका-४ समुहगाडस्थित सडकमा सु.प्र.प ००१००१ च २६१५ नम्बरको जिप आफै अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिप चालक धनगडी उपमहानगरपालिका-५ तारानगर बस्ने ५० बर्षीय हुहुम शाहको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शैलेश्वरी अस्पताल दिपायलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना परी घाइते भएकी जिपमा सवार बाजुरा बारबिस नगरपालिका.५ बस्ने २६ बर्षीया देवी कुमारी शाहको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार गर्नुका साथै यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा पक्राउ
बैशाख ५, २०८१ बुधबार
प्रहरीले तामेलीमा राख्यो एमाले नेता महेश बस्नेतविरुद्ध परेको बलात्कारको मुद्दा
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार