सोमबार , असार ७, २०७८

चितवनका विद्यालयहरुमा अनलाईनबाट भर्ना शुरु

चितवनका विद्यालयहरुमा अनलाईनबाट भर्ना शुरु

२८ जेठ,चितवन । चितवनका विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।

कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ । विद्यार्थीहरुको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया शुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलव्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन शुरु गरिने छ । विद्यालयहरुले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन् । सोही साईटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन् । सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँंग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् । विद्यार्थी भर्ना प्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन् ।

अनलाइनको सुविधा नपुगेका विद्यालयहरुले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उनले बताए । उनले भने, “सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन् । पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।” जिल्लामा ३ सय २३ सामुदायीक र २ सय १६ संस्थागत गरी ५ सय ३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बेलायतले दियो नेपाललाई स्वास्थ्य सामग्री बेलायतले दियो नेपाललाई स्वास्थ्य सामग्री ३ हप्ता पहिले
श्रेष्ठ र केसी इजालसमा रहने वा नरहने टुंगाे आज लाग्ने, न्यायाधीश फेरिए अस्वीकार गर्ने महान्याधिवक्ताको चेतावनी श्रेष्ठ र केसी इजालसमा रहने वा नरहने टुंगाे आज लाग्ने, न्यायाधीश फेरिए अस्वीकार गर्ने महान्याधिवक्ताको चेतावनी ३ हप्ता पहिले
मुख्यमन्त्री राउतले गरे कांग्रेसलाई समेटेर मन्त्रिपरिषद विस्तार मुख्यमन्त्री राउतले गरे कांग्रेसलाई समेटेर मन्त्रिपरिषद विस्तार २ हप्ता पहिले
डाँका मुद्धाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ डाँका मुद्धाका फरार प्रतिवादी ३८ वर्षपछि पक्राउ २ हप्ता पहिले
१२ वाणिज्य बैंकसहित १४ कम्पनीको उच्च शेयर माग, कुनको कति ? १२ वाणिज्य बैंकसहित १४ कम्पनीको उच्च शेयर माग, कुनको कति ? ४ दिन पहिले
आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्न जुटे स्थानीय तह आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्न जुटे स्थानीय तह २ हप्ता पहिले
सत्ता स्वार्थका लागि अध्यादेश जारी गरेकोमा राप्रपा त्रय अध्यक्षको आपति सत्ता स्वार्थका लागि अध्यादेश जारी गरेकोमा राप्रपा त्रय अध्यक्षको आपति ४ हप्ता पहिले
मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना व्यक्त मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना व्यक्त ४ हप्ता पहिले