सोमबार , असार ७, २०७८

आमाका कविता

आमाका कविता

एकथरिले भने-
तैंले आमालाई
कमजोर बनाएर कविता लेखिस् !
मैले आमालाई क्रान्तिकारी बनाइदिएँ !
अर्कोथरिले भने-
तैंले आमालाई
चाहिने भन्दा बढी उचालिस् !
मैले आमाका कविता लेख्नै छोडिदिएँ !
एकदिन,
आमाको काखमा शीर राखेर बोलें-
आमा मैले तिमीलाई प्रयोग गरें
कहिले उचालें कहिले पछारें
मलाई माफ गर आमा,
मैले तिमीलाई हदै सम्म प्रयोग गरें !!
आमा मुसुक्क हाँस्दै बोलिन-
लाटा,
तँलाई उचाल्ने र पछार्ने त उनीहरुले गरिरहेछन

तँ बहकिइरहेछस् !!
कविता नबनोस् बरू,
तँ ममा जे देख्छस् त्यही लेख्
आमाहरु कहिल्यै गुनासो गर्दैनन !!

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

कविता: सन्तुलन कविता: सन्तुलन १ दिन पहिले
कविता: मेच नछोड्नुस् कविता: मेच नछोड्नुस् ४ दिन पहिले
कविता : लय कविता : लय २ हप्ता पहिले
कविता : विकास कविता : विकास २ हप्ता पहिले
कविता: हाहाकार कविता: हाहाकार २ हप्ता पहिले
कविता-भकुण्डेको चिनारी कविता-भकुण्डेको चिनारी ३ हप्ता पहिले

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय