बागलुङमा कसरी भयो कोरोनाको चेनब्रेक ?
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २०:५१:३
२८ जेठ,बलेवा । कोरोनाको सक्रिय संक्रमित १ हजार १ सयसम्म रहेको बागलुङमा बिहिबारसम्म आइपुग्दा ६ सयमा झरेको छ । संक्रमितहरु डिस्चार्ज हुने क्रम बढेको छ । कोरोनाका बिरामी थपिने दर केही कम पनि भएको छ । तर गाउँ गाउँमा पुगेको कोरोनाको चेनब्रेक कसरी संभव होला ? यो अहिलेको बढी चासोको विषय बनेको छ ।
सक्रिय संक्रमित घटाउनका लागि परिक्षण नै घटाएको टिप्पणी समेत भैरहेको छ । परीक्षण घटाएरभन्दा छिटो धेरै संक्रमित पहिचान गरेर उनीहरुलाई उपचारमा लैजाने, सुरक्षित आइसोलेसनमा राख्ने जस्ता काम गर्नु पहिलो प्राथमिकता हो । त्यसका लागि स्थानीय तहबाटै सक्रियता हुन जरुरी छ । किनकी स्थानीय तहले हरेक वडा र टोलसम्मको अवस्था बुझेको हुन्छ । कोभिड नियन्त्रण अभियानमा स्थानीय तहनै प्रभावकारी संयन्त्र समेत हुन् ।
कोरोना नियन्त्रण अभियानमा केही पालिकाले अगुवाई समेत गरिसकेका छन् । बागलुङ नगरपालिकाको वडा नं ४ मा संक्रमित बढेर सिल गरिएकै बेला वडा नं ११ भने संक्रमण मुक्त भएको छ । वडा नं ११ को रायडाँडामा कडा निगरानी, होम आइसोलेसनमा स्वास्थ्य मापदण्ड पालना र नियमित उपचार सेवामा स्वास्थ्यकर्मी खटिंदा यो सफलता मिलेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । रायडाँडामा एकैपटक १२ जना सम्ममा कोरोना देखिएको थियो । अघिल्लो वर्ष २ जना मात्रै संक्रमित देखिएको यहाँ यो वर्ष भने एकैपटक संक्रमण बढ्ने खतरा थियो ।
संक्रमणविरुद्ध स्वास्थ्य चौकीप्रमुख केयरसिंह थापासहित अध्यक्ष गौतमले निरन्तर घरदैलो गरेर स्वास्थ्य मापदण्ड पालनामा पहल गर्दा सफलता मिलेको थियो । यो अभ्यास अन्यत्र पनि गर्नुपर्ने सरोकारवालाले बताए । सबैभन्दा धेरै संक्रमित देखिएको बलेवा क्षेत्रमा पनि होम आइसोलेसनलाई कडाइ गरेर घरमै बस्ने व्यवस्था मिलाएपछि संक्रमण मुक्त गर्न सकिने बानपा–१२ अमलाचौरकी अनमी कल्पना घिमिरेले बताए ।
बागलुङको ताराखोला पनि शुन्य संक्रमित बनाउने अभियानमा छ । स्वास्थ्य शाखा प्रमुख उदित थापाका अनुसार गाउँपालिकाको संस्थागत आइसोलेसनमा तीन जना मात्रै छन् । उनीहरु डिस्चार्ज हुने क्रममा छन् । सबैजना निको भैसकेकोले शुन्य संक्रमणमा पुगिसकेको थापाले बताए । गाउँपालिकाले तीन सातासम्म गरेको कठोर परिश्रमको सफलताले यो उपलब्धी पाएको उनको भनाई छ ।
सक्रिय संक्रमितलाई घरमा बस्न नदिई संस्थागत आइसोलेसनमा राख्ने, घरमा बसेकाले अनिवार्य मापदण्ड पालना गर्नेमा कडाइ गरिएको थापाको भनाई छ । आइसोलेसनमा पनि दैनिक उपचार सेवा दिएर सुरक्षित बनाएको उनको अनुभव छ । कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक रुपमा बढाएकोले सफलता पाउन सकिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्ती बताउछन् । “चेनब्रेकका लागि घर घरमै बस्ने, स्वास्थ्यका मापदण्ड पालना गर्ने र बिरामी भएमा तत्काल उपचारमा जाने हो”, थापाले भने, “परीक्षणलाई व्यापक बनाउनु पर्छ ।” परीक्षण बिनै संक्रमित छैनन् भन्ने हो भने सफलता नमिल्ने उनले बताए ।
यो अभियान सफल बनाउन गाउँपालिकाका सबै जनप्रतिनिधिहरु स्वास्थ्यकर्मी सरह निरन्तर खटिएका थिए । गाउँपालिका अध्यक्ष घर्तीले सबैको साझा प्रयासबाट सफलता मिलेको बताए । “अहिले पनि हरेक प्रवेशद्वारमा कडाइ गरेकोले संक्रमण मुक्त हुनेछौं”, घर्तीले भने । यहाँ एक महिनामा १ सय ५० बढी कोरोनाका संक्रमितको उपचारबाट निको भएका हुन् । राष्ट्रिय रुपमा व्यवस्थापन नभएपनि ताराखोलाले भने संस्थागत संरचनामा क्वारेन्टिन बनाएर शङ्कास्पदलाई राख्दा छिटो चेनब्रेक भएको घर्ती बताउछन् ।
क्वारेन्टिन र आइसोलेसन बसेकालाई स्थानीय आमा समूहले दैनिक अर्गानिक खाना खुवाएको स्थानीय भवीकला रोकाले बताए । जौको सातु, सागपात र ग्रामीण क्षेत्रमा उत्पादित अन्य खाद्यान्न संक्रमितलाई दिएकोले सहज भएको रोकाको अनुभव छ । संक्रमणको पहिलो चरणमा यहाँकी एक जनप्रतिनिधिको मृत्यु भएको थियो । घरमै रोग च्याप्दा सिकिस्त बनेकी वडा नं ३ की सदस्य तेजुमाया भण्डारीको धौलागिरि अस्पताल लगेको तेस्रो दिन निधन भएपछि तर्सेका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले चौबिसै घण्टा खटिएर गाउँपालिकालाई शुन्य बनाउन सकेको बताए ।
स्वास्थ्य कार्यालयले जिल्लाभरी पहिलो चरणमा ४ हजार ५ सय सहित ७ हजार बढी एन्टिजेन्ट परीक्षण गरेको छ । यसरी परीक्षण गर्दा संक्रमित तत्कालै पत्ता लागेर आइसोलेसनमा राख्न सफलता मिलेको कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरामा सवारी दुर्घटना हुँदा पोखरामा ८ चिनियाँ घाइते
बैशाख ६, २०८१ बिहिबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
कप्तान रोहित पनि आउट !
बैशाख ७, २०८१ शुक्रबार
के तपाई पदयात्रामा निस्किदै हुनुहुन्छ, कसरी गर्ने तयारी ?
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, दुवै ओपनर गुमायो
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो
बैशाख ७, २०८१ शुक्रबार
युएईविरुद्ध नेपालको खराब शुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट
बैशाख ७, २०८१ शुक्रबार
आइपिएलमा आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुँदै
बैशाख ७, २०८१ शुक्रबार