बुधबार , असार २, २०७८

अबको एक-दुई दिनमा मनसुन देशैभरि फैलिने सम्भावना

अबको एक-दुई दिनमा मनसुन देशैभरि फैलिने सम्भावना

 २८ जेठ, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालिको मनसुन भित्रिएको जनाएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो ।

मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको जानकारी दिएको हो । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश-१, प्रदेश-२ र वाग्मती प्रदेशमा मनसुन भित्रिएको महाशाखाले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पूर्वी ठाउँबाट भित्रिएको मनसुन अबको एक-दुई दिनमा नै देशैभरि फैलिने सम्भावना रहेको छ । मनसुन भित्रिएकाले आउँदो हप्ता देशका धेरै ठाउँहरुमा हल्कादेखि मध्यम र केही ठाउँहरुमा ठूलो वर्षा हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

mausam 1

बंगालको खाडी आसपास बिकशित भएको Low Pressure Area (न्यून चापीय क्षेत्र)का कारण मिति २०७८/०२/२८ गते बाट नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुनको आगमन (Monsoon Onset) भएको छ। एक दुई दिनमानै मनसुन देशैभरी फैलिने सम्भावना रहेको छ।

आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा, केहि स्थानहरुमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई निरन्तर अनुगमन गरिरहेको छ। तसर्थ सबैलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय