धवलागिरि अस्पतालमा संक्रमितको नियमित डायलासिस
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २१:३४:४१
२८ जेठ,बागलुङ । धवलागिरि अस्पतालले कोरोना संक्रमणसँगै मिर्गौला रोगबाट ग्रसित बिरामीलाई नियमित डायलासिस सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालमा अहिले चार जना कोरोना संक्रमितले डायलासिस गराइरहेका छन् । जसमध्ये तीन जना होम आइसोलेशनमा छन् भने एक जना अस्पतालमै भर्ना भएर उपचाररत हुन् ।
अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार अस्पतालमा नियमित डायलासिस गराउनेको संख्या २० छ । “कोरोना संक्रमितका लागि विशेष सावधानीसहित डायलासिस गराइरहेका छौँ”, उनले भने, “जोखिम हुँदा पनि हामीले मिर्गौलाका बिरामीलाई अन्यत्र पठाएनौँ, यही व्यवस्थापन ग¥र्यौँ ।”
कोरोना संक्रमितलाई आइसोलेशनकक्षमा छुट्टै राखेर डायलासिस गराउने गरिएको छ । होम आइसोलेशनमा रहेका तीन जना मिर्गौलापीडित भने सुरक्षित तवरले अस्पताल आई डायलासिस गरेर फर्कन्छन् । अस्पतालले कोरोना संक्रमित महिलालाई प्रसूतिसमेत गराउँदै आएको छ ।
महामारीको दोस्रो लहर शुरु भएयता दुई जना सङ्क्रमित महिलाले अस्पतालमा शिशु जन्माएको प्रमुख चिकित्सक पोखरेलले बताए । कोरोनासँगै अन्य दीर्घ रोग भएका बिरामीको पनि उपचारमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।
त्यस्ता बिरामीलाई कोरोनाले चाँडै गम्भीर बनाउने चिकित्सक बताउँछन् । मिर्गौला रोगी पनि बढी जोखिममा पर्छन् । अस्पतालले तीन वर्षअघि मिर्गौलापीडितको उपचारका लागि डायलासिस सेवा शुरु गरेको थियो । डायलासिस सेवा दिने अस्पताल जिल्लामा यही मात्र हो ।
विसं २०७६ चैत १५ मा देशकै पाँचौ सङ्क्रमित जिल्लामा भेटिएपछि अस्पतालले गण्डकी प्रदेशमै पहिलोपटक कोरोनाको उपचार थालेको थियो । हालसम्म सयौँ संक्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्केका छन् । अहिले १४ जना संक्रमित अस्पतालमा उपचाररत छन् ।
सीमित स्रोत साधनका बावजुद अस्पतालले संक्रमितको उपचार र व्यवस्थापन गरिरहेको छ । दरबन्दी अनुसार चिकित्सक÷स्वास्थ्यकर्मी नहुँदा कामको चाप छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि पूर्वाधार र मानव संशाधनको व्यवस्थापनमा सम्बन्धित निकायको उचित ध्यान पुगेको छैन ।
पछिल्लो सातायता अस्पतालमा संक्रमितको संख्या ५० प्रतिशतले घटेको जनाएको छ । हालसम्म जिल्लाका चार हजारबढीमा कोरोना पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ६९० छ भने कोरोनाका कारण ४७ जनाले ज्यान गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार