मंगलबार , असार १, २०७८

नयाँ सरकारका लागि आधार पेश गर्न आह्वान

नयाँ सरकारका लागि आधार पेश गर्न आह्वान

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । पौडेलले संसद्मा कायम रहेका सदस्यलाई २४ घण्टाको समय दिएर नयाँ सरकारका लागि आह्वान गरेकी हुन् ।

संविधानको धारा १६८ ‘३’ अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८ ‘५’ अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेको पत्र औपचारिक रुपमा संसद सचिवालयले शुक्रबार मात्र प्रदेश प्रमुखलाई दिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

संसद सचिवालयको पत्र प्राप्त भएलगत्तै प्रदेश प्रमुख पौडेलले नेपालको संविधान २०७२ को धारा १६८ उपधारा ५ अनुसारको सरकार गठनका लागि आज अपरान्ह ३ बजे प्रदेश प्रमुखले भोलि साँझ ३ बजेसम्मका लागि समय दिएर आह्वान गरेकी हुन् ।

अब भोलि दिउँसो ३ बजेसम्म वैकल्पिक सरकारको दाबी गर्न सकिनेछ । हिजो मात्र मुख्यमन्त्री पृथ्वी सुुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो । तर आजै विपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले बहुमतका साथ आधार पेश गर्ने तयारी गरेका छन् ।

 

gandaki

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय