शुक्रबार , असार ११, २०७८

कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटे

कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटे

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका युवानेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा लामा पोखरा लेकसाइडबाट बिहीबार पक्राउ परेका थिए ।

प्रहरीले हिजो पक्राउ गरेका लामासहित ३ जनालाई ३/३ हजार रुपैयाँ जरिवाना लिएर शुक्रबार छाडेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिइरहेका बेला लामा मनाङेलाई भेट्न पोखरा आएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बिनाकारण लामालाई प्रक्राउ गरिएको र सुनियोजित रुपमा फसाउन लागिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ । प्रहरीका अनुसार निषेधाज्ञा उल्लंघन गरेकाे आरोपमा लामा प्रक्राउ परेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय