सोमबार , असार ७, २०७८

शिखरको कप्तानीमा २० सदस्यीय भारतीय टिम घोषणा, यी खेलाडीले पाए मौका

शिखरको कप्तानीमा २० सदस्यीय भारतीय टिम घोषणा, यी खेलाडीले पाए मौका

२८ जेठ, काठमडौं । श्रीलंकासँग एकदिवसीय र टी–२० सिरिज खेल्ने भारतीय टोली घोषणा भएको छ। बीसीसीआईले गएराति शिखर धवनको कप्तानीमा २० सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा धेरै नयाँ अनुहारहरू समावेश गरिएको छ। चेतन सकारिया, कृष्णप्पा गौतम, ऋतुराज गायकवाड, देवदत्त पाडिक्कल पहिलो पटक भारतीय टोलीमा परेका छन्।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

श्रीलंका भ्रमणमा जाने भारतीय टिमको कप्तानी शिखर धवनले गर्नेछन्। नियमित कप्तान विराट कोहलीको अनुपस्थितिमा शिखरले टिमको कप्तानी पाएका हुन्।

यी दुई देशबीच तीन म्याचको वानडे र तीनै खेलको टी–२० सिरिज हुनेछ। वानडे सिरिज १३ जुलाईदेखि सुरु हुनेछ। दोस्रो वानडे १६ जुलाई र तेस्रो १८ मा खेल्नेछ।

टी–२० सिरिज जुलाई २१ देखि सुरु हुनेछ। दोस्रो खेल २३ र अन्तिम तथा तेस्रो म्याच २५ जुलाईमा हुनेछ।

श्रीलंका भ्रमणमा जाने भारतीय टिम 

शिखर धवन (कप्तान), पृथ्वी शा, देवदत्त पाडिक्कल, ऋतुराज गायकवाड़, सूर्यकुमार यादव, मनीष पाण्डे, हार्दिक पाण्ड्या, सञ्जु सामसन (विकेटकीपर), नीतीश राणा, इशान किशन (विकेटकीपर), युजवेन्द्र चहल, राहुल चाहर, कृष्णप्पा गौतम, क्रुणाल पाण्ड्या, कुलदीप यादव, वरुण चक्रवर्ती, भुवनेश्वर कुमार (उपकप्तान), नवदीप सैनी, दीपक चाहर र चेतन सकारिया।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय