मंगलबार , असार १, २०७८

प्रदेश प्रमुखको कार्यालय पुगे नेता कृष्णचन्द्र !

प्रदेश प्रमुखको कार्यालय पुगे नेता कृष्णचन्द्र !

२८ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा दावी पेश गर्न नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धन आजै दाबी पेस गर्ने भनेर प्रदेश प्रमुख कार्यालय पुगेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उपधारा ५ मा कुनै सदस्यले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता नेपालीले आफ्नो दल कांग्रेससँगै नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न केही अघि प्रदेशप्रमुख समक्ष गएको बताएका छन् ।

gandaki

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिन नसकेपछि उनी पदमुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार संविधानको धारा १६८ ९५० अनुसार सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । सांसदहरु प्रदेश प्रमुखको कार्यालय प्रांगणमै बसेका छन् । कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक दीपक मनाङे गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय