महिना दिन नपुग्दै उप्कियो कालोपत्रे
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शुक्रबार २३:४६:४५
२८ जेठ,धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका– ५ मा काम सम्पन्न भएको महिना दिन नपुग्दै सडकको कालोपत्रे उप्किन थालेपछि स्थानीयवासीले मापदण्ड अनुसार काम नभएको भन्दै विरोध गरेका छन् ।
सडकको निर्माणको ठेक्का पाएको बस्नेत बिल्डर्स, कञ्चनपुरबाट गुणस्तरीय काम नगरेको भन्दै स्थानीयवासीले विरोध गरेका हुन् । गाउँपालिकाको २ हजार ७ सय ४० मिटर सडक कालोपत्रे गर्ने १ करोड ९५ लाख २५ हजार ३ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको सो कम्पनीले गरेको कालोपत्रे एक महिना नपुग्दै उप्किन थालेपछि गाउँपालिकाको प्राविधिक टोलीले अनुगमन गरी सडकको गुणस्तर सुधार
हुने गरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ ।
निर्माण कम्पनीले हालसम्म निर्माण गरेको १ हजार २ सय ३५ मिटर सडकमध्ये करिब ३ सय मिटरको कालोपत्रेमा समस्या देखिएको पालिकाको प्राविधिक टोलीको भनाइ छ । सडकको बेस निर्माणमा कमसल कच्चा पदार्थ बढी प्रयोग गरेको तथा रोलरको कम प्रयोग गरेका कारण समस्या देखिएको पालिकाका इञ्जिनीयर नवीनकुमार सिंहले बताए । अब सडकको गुणस्तर सुधारका लागि पुनः बेसमा रोलर लगाएर काम गर्न आवश्यक देखिएको सिंहको भनाइ छ ।
निर्माण कम्पनीका सञ्चालक नरेन्द्र बस्नेतले मापदण्ड भन्दा बढी कच्चा पदार्थको प्रयोग गरेको सिंहले दाबी गरे। मापदण्डभित्रको अधिकांश क्षेत्रमा राम्रो काम भएको भएपनि आफू बाहिर हुँदा कामदारको लापरबाहीका कारण केही क्षेत्रमा समस्या देखिएको र निरन्तर सुधार गर्दै आएको भन्दै सञ्चालक बस्नेतले थप समस्या देखिएको ठाउँमा पुन सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।
बर्दगोरिया गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ मा २ हजार ७ सय ४० मिटर सडक कालोपत्रेको योजना अनुसार बर्दगोरिया गाउँपालिका– ५ मा ६२ लाख ५६ हजार ९ सय रुपैयाँको लागतमा १ हजार २ सय ३५ मिटर गाउँपालिका– १ स्थित बास्कोटीमा ५६ लाख २ हजार ८ सय रुपैयाँको लागतमा १ हजार ५० मिटर र गाउँपालिका– ४ को मुडा बजार–तल्ला पानी सडक खण्ड ७६ लाख ६५ हजार ४ सय रुपैयाँको लागतमा ४ सय ५५ मिटर सडक कालोपत्रे सहित एक रिटेलिङ वाल समेत निर्माण हुने भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
मुख्यमन्त्री सोडारीविरुद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अश्विकार
बैशाख १०, २०८१ सोमबार
सोडारीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
विमानस्थलबाट सिधै शितल निवास पुगे कतारी राजा
बैशाख ११, २०८१ मंगलबार
सिलाइ मास्टर जीवनका चट्ट परेका कोट
बैशाख ११, २०८१ मंगलबार
महाकाली अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बैशाख ११, २०८१ मंगलबार
नासाको भोएजर अन्तरिक्ष यानद्धारा पृथ्वीमा इन्जिनियरिङ् अद्यावधिक पठाउन पुनः सुरु
बैशाख ११, २०८१ मंगलबार
‘सेन्झाउ–१८’ चालक दल अन्तरिक्ष यान प्रक्षेपणका लागि तयार
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार