मंगलबार , असार १, २०७८

मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी पेस

मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको दाबी पेस

२८ जेठ, काठमाडाैं । विपक्षी गठबन्धनले बहुमत ३१ सांसदको हस्ताक्षर गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष बुझाएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा प्रदेश प्रमुखको निवासमा सशरीर उपस्थित भएर सांसदले हस्ताक्षर बुझाएका हुन् ।

उनको दाबीमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सांसदको हस्ताक्षर छ। नेपाली सबै हस्ताक्षरकर्तासहित प्रदेश प्रमुख निवासमा साँझ साढे ५ बजे पुगेका थिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसअघि प्रदेश प्रमुख पौडेलले संविधानको धारत १६८ ९५० बमोजिम बहुमत प्राप्त सांसदलाई नयाँ सरकार बनाउन २४ घण्टे समयसीमा दिएकी थिइन्। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभाबाट विश्वास गुमाएपछि उनले नयाँ सरकारको आह्वान गरेकी हुन्।

gandali 3

gandali 2

gandali 1

gandali

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय