तनहुँमा लक्षित समूहले खोप नपाएको गुनासो
नेपालबहस संवाददाता
जेठ २८, २०७८ शनिबार ०:२१:४४
२८ जेठ,दमौली । तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । बैसठ्ठी देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् ।
स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताए । “बुबा ६४ वर्षको भए, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता पठाए”, उनले भने, “लक्षित समूहकै नागरिकले खोप लगाउन नपाउने रु” उनले रुपाकोट स्वास्थ्यचौकी इन्चार्जले आफ्ना चिनेजानेका व्यक्तिलाई खोप लगाइदिएको आरोप लगाए ।
स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद ढुङ्गानाले स्वास्थ्यचौकीबाट ६४ जनालाई खोप लगाइएको जानकारी दिए । खोप लगाउन १२ बजेसम्म कुर्दा कोही पनि नआएपछि खोप बिग्रन सक्ने भएकाले वडाध्यक्षलाई सम्पर्क गरेर वडाध्यक्षको निर्देशनबमोजिम ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाइएको उनले जानकारी दिए ।
”चौँसठ्ठी वर्षभन्दा कम उमेर समूहका नागरिकलाई अहिले लगाउन मिल्दैन भनेर फिर्ता पनि पठाएका हौँ, आएको भ्याक्सिन फिर्ता नगर्ने भनेर वडाध्यक्षले भन”, उनले भने, “स्थानीय सरकारका वडा प्रमुखले भनिसकेपछि खोप बिग्रन दिन मन लागेन ।”
उनका अनुसार १२ बजेपछि केही व्यक्ति आएर खोप लगाउनुपर्छ भन्दै दुव्र्यवहारसमेत भएको छ । “ममाथि हातपात पनि भएको छ, झगडा गर्न आए”, उनले भने, “कोल्डचेन व्यवस्थान नहुँदा दिनभर राख्दा खोप बिग्रन सक्थ्यो, यदि त्यस्तो भएको भए फेरि मैमाथि गाल पथ्र्यो ।” वडाध्यक्षकै मौखिक निर्देशनमा लक्षित समूहबाहेक क्याम्पस प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यलाई भने खोप लगाएको उनले स्वीकार गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार