सोमबार , असार ७, २०७८

धर्म परिर्वतन रोक्नका लागि साँसद माझीले मागिन विशेष कार्यक्रम

धर्म परिर्वतन रोक्नका लागि साँसद माझीले मागिन विशेष कार्यक्रम

२८ जेठ, काठमाडौं । बागमति प्रदेश सभाको नीति तथा कार्यक्रममा वोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले बागमति प्रदेशमा सवैभन्दा धेरै बसोवास गर्ने आदिवासी जनजाति भएकोले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न नसकेमा धर्म परिवर्तनले यो प्रदेशको मौलिकता, गहना अस्ताएर जाने वताउँदै धर्म परिवर्तन रोक्नको लागि विशेष कार्यक्रम संचालन गरिनु पर्ने बताए ।

धर्म, संस्कार, संस्कृति र रितिरिवाज धर्म परिवर्तनले खाईसकेको वताउँदै यदि यो क्रम नरोकिने हो भने पहिचान विनाको आदिवासी जनजाति स्थापित हुने बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

साँसद माझीले खोपको नीति ल्याए पनि कहिले ल्याउने, कति ल्याउने निक्र्यौल गरि समयमा टुङ्गो लगाउनु पर्ने बताइन । साँसद माझीले जलविद्युतबाट विस्थापित हुने माझी लगायत समुदायको संरक्षण हुने गरि प्रतिवद्धता सहित कम क्षतिमा कार्य गर्न समेत माग गरिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय